Monday, March 8

सुशान्तले हातले लेखेको अन्तिम पत्र फेला पर्यो, ‘केही बन्नका लागि मैले मेरो ३० वर्ष खर्च गरे तर सकिन’

January 15, 2021 98

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृ’त्यु भएको ७ महिना पूरा भएको छ । उनको निधन रहस्यम भन्दै सुरु गरिएको अनुसन्धान भने अझै सकिएको छैन । यस्तो अवस्थामा थप केही तथ्य सार्वजनिक हुँदै गएका छन् । आफ्नै अपार्टमेन्टमा मृ’त भेटिएका राजपुतको निधन कसरी भयो भन्ने कुराको अनुसन्धान सकिएको छैन । भारतमा यसको अनुसन्धान चलिरहेको छ ।

यसैबीच सुशान्तको एउटा हस्तलिखित पत्र सार्वजनिक भएको छ । जसमा उनले आफु चाहे जस्तो बन्न नसकेको उल्लेख गरेका छन् । हस्त लिखित सो पत्रले धेरै कुरा बोलेको छ । सुशान्तकी बहिनी श्वेताले बुधबार सामाजिक सञ्जालमा सेयर गरेको हस्तलिखित पत्रले ठूलो चर्चा पाएको छ । सुशान्तका फ्यानहरूले उक्त पत्र आफ्नो अकाउन्टमा सेयर समेत गरिरहेका छन् ।

उक्त पत्रमा लेखिएको छ, ‘केही बन्नका लागि मैले मेरो ३० वर्ष खर्च गरे । म राम्रो बन्न चाहन्थे । म हरेक कोणबाट राम्रो नै हुन चाहन्थे । तर, म जे थिए त्यसमा सन्तुष्ट थिइन ।’

सुशान्तले लेखेको पत्र सेयर गर्दै उनले क्याप्सन लेखेकि छिन्, ‘भाइले लेखेको‘गाहन विचार ।’ श्वेतालको यो स्टाटसमा धेरै फ्यानहरूले प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस्