News

अमेरिकन फिल्ममा स्वस्तिमा ?

फिल्म । ‘बुलबुल’ फिल्म मार्फत आफ्नो अभिनय क्षमतालाई प्रस्ट्याउदै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डमा नेपाली फिल्मको अभिनेत्रीको रुपमा चिनिएकी स्वस्तिमा खड्का अंग्रेजी भाषाको फिल्ममा काम गर्ने भएकी छिन् । अमेरिकन टोलीले निर्माण गर्ने भनिएको फिल्मको लागि झन्डै दुइ महिना अगाडी लिइएको अडिसन मार्फत स्वस्तिमा सेलेक्ट भएको बुझिएको छ ।

उनि सेलेक्ट भएसँगै सम्झौता समेत भईसकेको बताइन्छ । अभिनेताको रुपमा भने अमेरिकन कलाकार नै तय भएका छन् । स्वस्तिमासँगै फिल्ममा नेपालबाट अर्की एक नायिकाले पनि अभिनय गर्ने बुझिएको छ ।

तर, उक्त नायिकाको तय भइसकेको छैन । उक्त अनटाइटल प्रोजेक्टको छायाँकन जुलाईबाट गर्ने भनिएको थियो । तर , सेड्युल परिवर्तन हुनेमा दुइ मत छैन । पछिल्लो समय विश्वनै ठप्प भनाएको कोरोना भाइरस (कोभिड १९) को कारण छायाँकन हुने मिति तय भएको छैन ।

Related Articles

Back to top button
Close