Video

लकडाउनको बेला अचानक काठमाण्डौको नागढुंगामा जे देखियो, अब बाहिर नहिड्नु होला नत्र यस्तै दु:ख पाउनुहोला (भिडियो)

काठमाडौं । सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् ! पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्काे कुनै नाकाबाटै फर्कनु पर्ने पनि हुनसक्छ । दुःख मात्रै पाउन सक्ने भएकाले बेलैमा ध्यान पु¥याउनुहोला ?

दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ । यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो । अब भने पासबाहक गाडीलाई समेत धमाधम फर्काउन थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पास भएकालाई पनि अब अत्यावश्यकबाहेक प्रवेश रोकिएको बताउनुभयो । “दैनिक उपभोग्य सामग्रीसँग र स्वास्थ्य उपचारसँग जोडिएका सवारी आउन पाउँछन्, त्यसबाहेक पास लिएर आए पनि सवारी भित्रिन पूर्ण निशेष छ ।”

विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार ५०० हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै ४०० सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् । अत्यावश्यक सावारीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्तिहरु बाहिरिने गर्दैनन् । त्यसैले पनि कडाइ गरिएको हो ।

यसै क्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगामा पुगेर निरिक्षण गरी अत्याआवश्यक बाहेकका कुनै पनि सवारी साधनका काठमाडौँ प्रवेश गर्न नदिन निर्देशन दिनुभएको छ। पछिल्लो समय उपत्यका बाहिरका क्षेत्रमा संक्रमण बढ्न थालेपछि मान्छे रातरात काठमाडौँ छिरेको सुचना आएपछि काठमाडौँ बासी त्रसित भएको भन्दै उपप्रमुख खड्गी आफै बुधबार बिहान निरिक्षणमा जानुभएको थियो ।

नागढुंगामा पुगेर त्यहाँका सुरक्षा कर्मीसंग जानकारी लिदै अत्याआवश्यक भएका बाहेक इ पास वालाहरुलाई समेत काठमाडौँ प्रवेश गर्न नदिन आग्रह गर्दै बाहिर गएका मानिसहरुलाई काठमाडौँ भित्राउदा फेरी काठमाडौँकै स्थिति भयाबह बन्ने भन्दै तिनीहरुलाई स्थिति पूर्ण नियन्त्रणमा नआउदासम्म फेरी काठमाडौँ भित्राउन नहुने बताउनु भएको छ। त्यस्तै थानकोट वृतका डिएसपी घनश्याम श्रेष्ठले अत्याआवश्यक बाहेक सबैलाई उतै फर्काइएको भन्दै ई-पास पहेलो पासहरुलाई समेत नछाडीएको तर खाद्यान लगयताका मालबाहक गाडी एम्बुलेन्सहरुलाई भने प्रवेश दिईएको जनाउनु भएको थियो।

हेर्न्नुहोस थप भिडियोमा

Related Articles

Back to top button
Close