News

Breaking News……लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय https://wowsansar.com/archives/4113

२४ वैशाख, काठमाडौं । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ ।

देशव्यापी लकडाउन, सामाजिक दूरी, सरसफाइजस्ता उपायबाट नेपालमा कोरोना भाइरस (कोभिड–१९) को प्रसारलाई रोक्ने प्रयास गरिएको छ ।

प्रशासनको अनुमतिविना मानिसको हिँडडुलमा रोक लगाइएको छ । हवाई उडानसँगै नेपाल–भारत सीमा पूर्ण रूपमा बन्द गरिएको छ । उद्योग/कलकारखाना, कृषिलगायत उत्पादनमूलक क्षेत्र पूर्ण रूपमा प्रभावित भएका छन् । ११ चैतदेखि गरिएको लकडाउन ले गर्दा जनजीवन कष्टकर बनेको छ । कतिपय मानिसले भोकसँग जुध्नुपरेको छ ।

Related Articles

Back to top button
Close