News

काेरोना महमारीकाे बेला डेढ करोडको गाडी किन्दै पानी जहाज कार्यालय

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको नेपाल पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको गाडी खरिद गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले फागुन ८ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार गाडी खरिदको लागि कम्पनी छनोट गरेको जानकारी दिएको छ ।

कार्यालयले १ करोड ४३ लाख ९८ हजार बराकरको चार पांग्रे एसयूभी गाडी किन्न लागेको हो । सरकारले अहिले कोभिडविरुद्ध लड्न खर्च अभाव हुनसक्ने भन्दै विभिन्न शीर्षकमा बजेटमार्फत विनियोजन भएका खर्चहरु गर्न रोक लगाएको छ । अर्थ मन्त्रालयले विभिन्न १४ शीर्षकहरुमा खर्च प्रतिवन्ध लगाएको छ ।

चैत २० अघि दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेका बाहेकका कार्यक्रममा रकम निकासा गर्न बाधा नहुने गरी अब बजेटमा खर्च गर्न नदिने निर्णय गरेको छ । यो गाडी किन्ने बोलपत्र भने फागुनमै प्रकाशित भएको थियो ।

Related Articles

Back to top button
Close