News

फेरि राजधानी काठमाडाैंबाट आयो अर्को खुसीको खबर, उपत्यकावासी खुसीले गदगद…

काठमाडाैं । भनिन्छ औशीको अध्यारो रातमा पनि उज्यालो प्रकाशको आशा मर्दैन । कोरोनाको सन्त्रासमा रहेको नेपालमा अहिले त्यस्तै अवस्था छ । नेपालमा लगातार एकपछि अर्को कोरोना संक्रमणका बिरामी बढेपनि निको हुनेहरु पनि दिनदिनै जसो बढ्न थालेका छन् । जसलाई हामी नेपालीले सुखद समाचारका रुपमा ग्रहण गर्नुपर्छ ।

नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मुक्त हुने व्यक्तिको संख्या १० पुगेको छ । पछिल्लो पटक सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचाररत ६५ वर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएसँगै उपचारपछि निको हुने संक्रमितको संख्या १० पुगेको हो ।

सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल र ललितपुरको पाटन अस्पतालबाट गरी बिहीबार मात्रै ३ जना कोरोना संक्रमित बिरामी निको भएर डिस्चार्ज भएका छन् । यस्तै, बुधबार नै डिस्चार्जको प्रक्रिया पूरा गरिएका धादिङका युवा पनि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएका छन् ।सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी ६५ वर्षीया महिलामा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कैलालीको लम्कीचुहा नगरपालिका घर भएकी उनी पर्साको वीरगन्जमा चिया पसल चलाउँदै आएकी थिइन् ।

लकडाउनपछि वीरगन्जबाट कैलालीस्थित घर आएकी उनी क्वारेन्टाइन अवधि पूरा गरेर घर समेत गइसकेकी थिइन् । तर, कोरोना संक्रमणको आशंका संकलन गरिएको नमूना परीक्षण गर्ने क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।बिहीबार नै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका २ जना (आमा–छोरा) पनि कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । उनीहरु गत चैत ५ गते बेलायतको लण्डनबाट नेपाल आएका थिए ।

सरकारले विदेशबाट आएका व्यक्तिहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्ने क्रममा वैशाख १ गते सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका ३ जनामा कोरोना संक्रमणको संकेत (एन्टिबडी पोजेटिभ) देखिएको थियो । कोरोना संक्रमणको संकेत देखिएपछि तीनै जनालाई सोही दिन पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

पछि पीसीआर विधिबाट परीक्षण गर्दा २ जनामा मात्रै कोरोना संक्रमण देखिएको थियो । नेपालमा पहिलोपटक गत माघ ९ गते एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।कोरोना भाइरसको पहिलो संक्रमित व्यक्ति करिब २ हप्ताको अस्पताल बसाइपछि संक्रमणमुक्त भएर घर फर्किएका थिए । हालसम्म काठमाडौंका ५, सुदूरपश्चिमका ४ र बाग्लुङका १ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना जितेर घर फिरेका इन्द्रको अनुभव– श्रीमतीले भाकल पो गरेकी रहिछन् ! गत फागुनको अन्तिम साता मजदुरीका लागि भारतको उत्तराखण्डस्थित लोहाघाट पुगेका कञ्चनपुरको बेदकोट नगरपालिका–१० चथरीका ४१ वर्षीय इन्द्र विकले १२ दिन सडकमा निर्माणको काममा मजदुरी गरे ।सोही बेला भारतले कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन लकडाउन जारी गरेपछि विकसहित त्यहाँ मजदुरमा रहेका नेपालीहरु हिडेरै भएपनि घर फर्किने निर्णयमा पुगे । दुई दिन पैदल हिँडेर कञ्चनपुरको सीमावर्ती बजार टनकपुर पुगेर विकसहित पाँच जना महाकाली नदीमा ट्युबमा तरेर भीमदत्तनगरपालिका–९ स्थित ब्रह्मदेव बजार पुग्नुभयो ।

गत चैत्र १३ गते नै विकसहितको टोलीले त्यहाँ तैनाथ सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएर गड्डाचौकीमा स्वास्थ्य जाँचपछि यहाँको बेदकोटमा रहेको क्वारेन्टाइनमा पुर्‍याएको थियो । ‘दुई दिनको पैदालयात्राले यहाँ पुग्दा शरीर गलेको र अल्छीजस्तै भएको थिएँ ।’ कोरोना भाइरसलाई जितेर बुधबार घर फर्किएका चथरीका विकले भने, ‘भारतबाट आउँदा अरु कुनै खाले बिसञ्चो थिएन ।’

मजदुरमा लगाउने ठेकेदारले आफूहरुलाई एक महिना लकडाउन लम्बिने सुनाएपछि घर फर्किने निर्णयमा पुगेको विकले बताए । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना भाइरस सङ्क्रमणको उपचारपछि निको भएर फर्किएका विकले आफू बेदकोटको सुन्दरपुर क्वारेन्टाइनमा १० दिन बसेको बताए ।

‘कोरोना पोजेटिभ रिपोर्ट आएको भने पनि मेरो शारीरिक अवस्थामा कुनै तलमाथि भएको थिएन,’ १८ दिनसम्म सेतीमा उपचार गरेर निको भएका उनले भने, ‘उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीले निकै राम्रो व्यवहार देखाउनुभयो ।’ उनले उपचारमा हुँदा समयमै औषधि र खानपिन मिल्ने गरेको बताए ।

Related Articles

Back to top button
Close