Tuesday, January 19

रुकुममा जिउँदै बच्चालाई राँगाको पेटमा हाल्ने अनौठो चलन…

December 29, 2020 76

रुकुम । सुन्दा अनौठो लाग्न सक्छ कि राँगाको पेटमा पनि बच्चा हालिन्छ भन्ने सुन्दा । तर यो साँचो हो । पुर्वी रुकुममा का टे को राँगाको पेटमा जिउँदो बच्चा हाल्ने एउटा अनौठो चलन छ । त्याहाँका मानिसहरु यस्लाई रैथाने उपचार विधिको रुपमा चल्तीमा चलाई रहेका छन् । रुकुम पूर्वका स्थानीय बासिन्दाले वर्षौँदेखि विश्वासका साथ प्रयोग गर्दै आइरहेको यो उपचार विधि धेरैलाई अनौठो लागे पनि यहाँ भने सामान्य र नियमित रहेको छ ।

रोग निको हुन्छ भन्ने जनविश्वासमा का टे को राँगाको पेटमा जिउँदो बच्चा हाल्ने परम्परा रहेको हो । नेपालका प्रायः धेरै क्षेत्रमा उपचारका घरेलु विधिहरु आ–आफ्नै तरिकाका हुन्छन् । स्थानीय रहनसहन, मूल्य, मान्यता र चलनले पनि ती विधिहरु विद्यमान देखिन्छन् । रुकुम पूर्वमा चलिआएको का टे को राँगाको पेटमा बच्चा पसाउने विधि भने रोग निको हुने जनविश्वासका साथ प्रचलनमा छ ।

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १० का प्रथम घर्तीमगर सुकेनास, रुन्चे जस्ता रोग लागेर अस्वस्थ भइरहने बच्चालाई का टे को राँगाको पेटभित्र छि’राइ ह ल्ला एर निकालेपछि निको हुन्छ भन्ने जनविश्वास रहेको बताउँछन् । उनका अनुसार दशैँमा राँगा का टे पछि पेटबाट अलिकति लादी निकालेर केही समयका लागि बच्चालाई भित्र छि’रा’एर ह ल्ला उने गरिन्छ । यसरी बच्चालाई राँगाको पेटभित्र छिराएर निकालेपछि रोग निको हुने विश्वास गाउँलेहरुको छ ।

यस्तो चलन दशैंको बेला मात्र चलाउने परम्परा रहेको छ पुर्वी रुकुममा । त्याहाँ दशैंको बेलामात्र बच्चालाई राँगाको पेटभित्र छि रा एर निकाल्ने चलन छ । दशैँमा ब लि दिइने राँगा का टे पछि मात्र बच्चालाई पेटमा हा लेर निकाल्ने गरिन्छ । यो बेला विशेष शक्ति प्राप्त हुने विश्वास रहेको छ ।

६ देखि १८ महिनासम्मको बच्चालाई यसरी राँगाको पेटभित्र हा लेर निकालिने गरिन्छ । पहिला अस्वस्थ बच्चालाई मात्र उपचार गर्न का टे को राँगाको पेटभित्र हाल्ने गरिन्थ्यो तर अहिले स्वस्थ बच्चा अझ निरोगी र बलियो हुन्छ भन्ने विश्वासले एक पटक राँगाको पेटभित्र हाल्नैपर्छ भन्ने स्थानीयको विश्वास छ । वर्षौदेखि चलिआएको यो चलनको वैज्ञानिक कारण भने कसैलाई थाहा छैन । यो रुढीवादी परम्परा भए पनि निरन्तरता दिइएको स्थानीय शिक्षक राजधन घर्तीमगर बताउँछन् ।

शिक्षक घर्तीका अनुसार पुरानो पुस्तामात्र होइन आजको नयाँ पुस्ताले पनि यो पुरानो चलनलाई स्वीकार गर्दै निरन्तरता दिइरहेको बुुझिन्छ । बच्चालाई राँगाको पेटबाट निकालेर नजिकैको पानीको मूलमा लगेर नुहाइन्छ । यसलाई उनीहरु बच्चा चोख्याएको भन्छन् । यसो गर्दा रोग, का ल, क ष्ट सबै बगेर जाने उनीहरुको विश्वास छ । तस्बिर मैत्या घर्ती मगर नेपाल टेलिभिजन

प्रतिकृया दिनुहोस्