News

‘म थाकें’ भन्दै सचिवालय बैठकको बीचमा प्रधानमन्त्री उठेर गए

पार्टीको सचिवालय बैठक चलिरहेका बेला नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली उठेर गएका छन्।

‘म थाकें, एकछिनमा आउँछु’ भनी निस्केर गएका ओली पौने ६ बज्न लाग्दा पनि फर्किएका छैनन्।

प्रधानमन्त्री गएपछि बैठकमा सहभागी भएका अरू नेताहरू प्रधानमन्त्रीलाई कुरेर बसिरहेको बालुवाटार स्रोतले सेतोपाटीलाई जानकारी दियो।

भोलि बस्ने पार्टीको स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्तावलगायत अन्य विषय छलफल गर्न नेकपा सचिवालय बैठक बसेको थियो।
source setopati

Related Articles

Back to top button
Close