विवेकशील साझा पार्टीले मोडेल समाइरा श्रेष्ठलाई एक महत्वपूर्ण जिम्मेवारी दिएको छ । उसले केन्द्रिय सदस्य रहेकी मोडेल समाइरालाई उक्त जिम्मेवारी दिएको हो ।
लैंगिक अल्पसंख्यकलाई समेटेर गठन गरिएको विभागको नेतृत्व अब समाइराले गर्ने भएकी हुन् । यो पार्टी यस्तो किसिमको बिभाग गठन गर्ने पहिलो नेपाली दल बनेको छ ।
यो दल पूर्व पत्रकार रविन्द्र मिश्र नेतृत्वमा रहेको छ । यस दलले पार्टीका १८ विभागमध्ये एउटालाई इन्द्रेणी विभाग नाम दिएको छ । लैं गि क अल्पसंख्यक अर्थात तेस्रो लिं गी समुदायको हितमा काम गर्ने उद्देश्यले यो विभाग गठन गरेको अध्यक्ष मिश्रले जनाएका छन् ।
पार्टी राजनीति बाहेक समाइरा मोडल समेत हुन् । उनले थुप्रै कार्यक्रमहरुमा प्रस्तुति दिएकी छिन् । उनी बेला बेलामा सामाजिक काममा पनि क्रियाशिल छिन् । लकडाउनले मजदुर भोकै भएपछि उनको पहलमा खुलामंचमा खाना पनि वितरण गरिएको थियो ।
विवेकशील साझा पार्टीले विभाग नै गठन गरेर काम गर्न लागेपछि अन्य ठूला दलले पनि यस विषयको उठान गर्ने अनुमान गरिएको छ ।
प्रतिकृया दिनुहोस्