Video

मलेसियामै बिहे गरेर छोरोले बुहारी मात्र घर पठाउँदा गाउँमा बेहाल (भिडियो)

काठमाडौं । बाग्मती प्रदेशको हेटौडाकी रेश्मा श्रेष्ठ गौतमको मलेसियामा वैदेशिक रोजगारीका लागि जाने क्रममा प्रेम भयो । मलेसियामै विवाह भयो । श्रीमान विदेशमै छन् उनी मात्र नेपाल आइन् । खोटागंका एक युवकसंग उनको मलेसियामै भेट भएको थियो । करिब ३ वर्ष अघि उनीहरुबीच मलेसियामै भेट भएपछि उनीहरुले सिन्दुर पोते नै लगाएर विवाह गरे । विवाह पछि रेश्मा विरामी भइन् ।

मलेसिया गएको ९ महिना पछि रेश्मालाई डेंगु भएपछि उनले त्यहाँ उपचार गरेकी थिइन् । तर पछि नेपालमा थप उपचार गर्न भनेर श्रीमानले नै ऋण खोजेर नेपाल पठाए । उनी करिब एक वर्ष अघि नेपाल आएकी हुन् । खोटागंमा रहेको श्रीमानको परिवारमा अहिले ससुराको ह त्या भयो । उनी अहिले परिवारका सदस्यसंगै बसेर ससुराको किरिया गर्न पाइनन् । लकडाउनका कारण अहिले उनी ससुराको किरिया गर्न पनि जान नपाएको बताइन् । घरवाट नन्दले भाउजु हामीले केही गर्न सकेनौं बुवालाई हजुरले न्याय गर्नु भनेर रुँ दै फोन गरेको उनले बताइन् ।

आफुले आफ्नै खुसीमा विवाह गरेका कारण माइतीले पनि हेर्दैनन् । दाईहरुको ड रले आमाले पनि फोन नगर्ने र भेट्न पनि नआउने उनले बताइन् । ६२ वर्षको आमा भएपनि उनको वुवा भने निधन भइसकेको छ । त्यसैले उनले ससुरालाई वुवाजस्तै माया लाग्ने गरेको बताउँछिन् । आज आफ्नै वुवाजस्तो ससुरालाई पनि अन्तिम अवस्थामा भेट्न र परिवारका सदस्यसंगै बसेर किरिया गर्न पाइन् भन्दै निकै दु खी भइन् ।

उनी विदेशवाट आएपछि सिधै श्रीमानको घर खोटागंमा गएकी थिइन् । छोरा विनाको वुहारी घरमा आएपछि गाउँमा छिमेकीले अनेक कुरा गर्न थाले । छोरा नभएपनि वुहारी आउने रैछन् भनेर गाउँलेले नराम्रो ब्यवहार गरेपछि उनले श्रीमानसंग सल्लाह गरिन् । श्रीमानले त्यसो हो भने तिमी अलग्गै बस म खर्च पठाउँछु पछि म नेपाल आएपछि संगै तिमीलाई लिएर घरमा लैजान्छु भनेपछि उनी अहिले हेटौडामा कोठा भाडामा लिएर बसेकी छन् ।

तर पछिल्लो समय उनका श्रीमानको पनि मलेसियामा दु र्घ ट ना भयो ४ महिना देखि श्रीमानले पनि अहिले पैसा पठाउन सेकेका छैनन् । उनी अहिले कोठा भाडा तिर्न र रासन खान नसक्ने अवस्थामा छन् । श्रीमानले पैसा पठाएपछि तिर्छु भनेर उधारो ल्याएर खाइरहेको बताइन् ।

Related Articles

Back to top button
Close