Saturday, March 6

यी १० गल्ती गर्ने व्यक्ति कहिल्यै बन्दैनन् धनी, भोग्छन् सँधै दुख र कष्ट

January 16, 2021 85

काठमाडौँ । करोडपति बन्ने र धेरै धन कमाउने सपना कसको हुन्न र ? तर सबैको यो सपना पूरा हुन सक्दैन । प्रत्येक व्यक्ति जान्न चाहन्छ कि आखिर करोडपति बन्न सफल मानिसहरुमा त्यस्तो के हुन्छ, जुन कुरा बाँकी मानिसमा चाहि हुन्न रु अर्थशास्त्री नेपोलियन हिलले ‘थिङ्क एण्ड ग्रो रिच’को अध्ययनमा यस्तै १० कुराहरु बताएका छन्, जो करोडपतिहरु गर्दैनन् । यसको अर्थ स्पष्ट छ, यदि तपाईंमा पनि करोडपति बन्ने सपना छ भने यी १० गल्ती गर्नबाट जोगिने गर्नुहोस् ।

एउटै चिजमा बढी समय
यदि तपाईं कुनै विजिनेश सुरु गर्न गइरहनुभएको छ भने एउटै चिजमा समय खेर फालेर त्यसलाई मात्र उत्कृष्ट बनाउँछु भनेर भेंडो तालले नलाग्नुहोस् । तपाईं एउटै चिजमा पछि लागिरहँदा तपाईंको प्रतिस्पर्धी बाँकी अन्य चिजमा निकै अगाडि बढिसकेको हुन्छ, अनि तपाई चाहि त्यही चिजको वरिपरि घुमिरहनुभएको हुन्छ । धेरै परफेक्ट हुने चाहनामा कयौ समय तपाई अनुसन्धान नै गर्न चाहनुहुन्न । कुनै पनि बिषय र त्यसको संभावनामाथि अनुसन्धान नगर्नु तपाईलाई भारी पर्न सक्छ । कुनै पनि चिजमा धेरै नाफा चाहिन्छ भने उति नै अनुसन्धान र खोज गर्नुहोस् ।

आवश्यकतालाई असीमित बनाउनु
कतिपय समय यस्तो देखिन्छ कि तपाई आफूसँग भएको सबै पैसा एउटै चिज र एउटै समयमा दिल खोलेर खर्च गर्नुहुन्छ । तर यो ठूलो गल्ती हो । विश्वका धनी भन्दा धनी व्यक्ति खर्च गर्नुभन्दा अगाडि धेरै सोचविचार गर्छन । उनीहरु आवश्यकताको हिसाबले मात्र खर्च गर्छन । वारेन वफेट जस्ता सफल व्यक्तिहरु समेत आफ्नो खर्चलाई सीमित बनाएर चलिरहेका हुन्छन् । जस्तो स् महंगो गाडी, मोवाइल, घर वा यस्तै चिज खरीदको चक्करमा धेरै खर्च गर्ने गल्तीबाट बच्नुपर्छ ।

अवास्तविक बन्नु
कयौं पटक हामी अवास्तविक चिजको पछि कुदिरहेका हुन्छौ । यथार्थ भन्दा निकै टाढाको बिषय दिमागमा खेलाइरहेका हुन्छौ । यस्तै सोंच हाम्रो नोक्सानीको कारण बनिदिन सक्छ । यसकारण सधैं यथार्थ र संभव चिज मात्र सोच्नुहोस् । कुनै पनि व्यक्ति रातारात धनी बन्दैन, यसका लागि लामो समयको रणनीति बनाउनुहोस् र सोही अनुसार सोच्ने गर्नुहोस् । तपाईभित्र जति क्षमता छ, त्यसको पहिचान गरी त्यही हिसाबले काम गर्नुहोस्, अति महत्वकांक्षी बने त्यसले तपाईंलाई डूबाइदिन सक्छ ।

आँखा चिम्लिएर अरुलाई पछ्याउनु
प्राय यस्तो देख्ने गरिन्छ कि हामीलाई अरुको कुरा जब निकै मनपर्छ भने आँखा चिम्लिएर त्यसको पछि कुद्छौ । मानिस जे भन्छन् हामी त्यसको बिषयमा तुरुन्तै सोच्न सुरु गरिदिन्छौ । तर यसो गर्नु बिल्कुल सही होइन । अरुको कुरा जरुर सुन्नुहोस्, तर त्यसमा आफ्नो दिमाग चलाउने गर्नुहोस् । विचार गर्नुहोस् कि उसले जे भनिरहेको छ त्यो सही हो या गलत । त्यसपछि मात्र कसरी अगाडि बढ्ने भन्ने आफूले निर्णय लिनुहोस् ।

प्लाष्टिक मनीमा विश्वास
तपाईसँग जति नगद छ, त्यसैमा मात्र भरोसा राख्नुहोस् । याद राख्नुहोस् कि क्रेडिट कार्ड वा यस्तै कुनै प्लाष्टिक मनीले तपाईंको समस्या बढाइदिन सक्छ । यदि तपाईलाई क्रेडिट कार्डबाट खर्च गर्ने आदत बसेको छ भने बाँकी समय त्यसैको ऋण वा किस्ता तिर्दैमा ठीक्क हुन्छ । यस्तो अवस्थामा तपाईं भविष्यको बिषयमा सोच्न सक्नुहुन्न ।

छोटो रणनीति बनाउनु
कतिपय समयमा तपाईंलाई लाग्नसक्छ कि मेरो यो आइडियाको प्रयोगबाट तुरुन्तै पैसा कमाउन सकिन्छ, तर यो यथार्थ होइन वा हुन्न । तपाईं यति जान्नुहोस् कि छोटो अवधिको सफलता कहिलेकाही प्राप्त होला, तर त्यो दिगो वा दरिलो हुँदैन । यसकारण सधैं लामो समय सोचेरै दीर्घकालीन रणनीतिका साथ गलितो योजना बनाएर व्यापार थाल्नुहोस् ।

नकारात्मक मानिससँग समय बर्बाद गर्नु
धनी मानिस आफ्नो महत्वपूर्ण समय गलत मानसिकता भएका मानिससँग बिताउदैनन् वा त्यस्ता मानिसको संगतमा खेर फाल्दैनन् । गलत र नकारात्मक सोंच भएको मानिससँगको संगतका कारण ऊभित्रको नकारात्मकताले तपाईंको मन मस्तिष्कमा पनि घर गर्न सक्छ । नकारात्मक मानिस तपाईलाई सधै नकारात्मक कुरा मात्र गरिदिन्छन् । भनिन्छ कि वातावरण वा संगतको असर स्वभाविक रुपमा हामीमाथि पनि पर्छ । यसकारण यस्तो भीडबाट सधैं टाढा रहनु उत्तम हुन्छ ।

आफूप्रतिको अति भरोसा
कतिपय मानिस सोच्छन् कि म जे गरिरहेको छु, त्यो एकदम ठीक हो, यसमा कुनै शंका नै छैन । कहिलेकाही आफूप्रति ज्यादै भरोसा वा अति विश्वास पनि ज्यादै खतरनाक हुनसक्छ । एकै व्यक्तिमा सबै खालको क्षमता हुँदैन । यसकारण टिम वर्कमाथि विश्वास गर्नुहोस् ।

सही समयमा सही निर्णय नलिनु
हरेक मानिसको समय एकै खालको हुँदैन । तर सफल मानिसहरु समयलाई चिन्दछन् र सोही अनुसार उचित निर्णय लिन खप्पीस हुन्छन् । यस्तै असफल व्यक्ति सही निर्णय सही समयमा लिनबाट चुक्छन् । अनि ढिलो गरी आँखा खुलेपछि समयलाई दोष दिनतिर लाग्छन्, यो प्रवृति गलत हो । त्यसकारण सही समयको पहिचान गर्न सिक्नु महत्वपूर्ण हुन्छ ।

आफूमाथि विश्वास नराख्नु
कतिपय अवस्थामा समय तपाईको प्रतिकूल भइरहेको हुनसक्छ, यस्तो बेलामा अत्तालिनु हुँदैन । समस्याले पिरोलेको बेला आफूमाथि भरोसा राख्नु निकै महत्वपूर्ण हुन्छ । तर समस्याले थिचेपछि मानिस आफ्नो विश्वास नै डगमगिन दिन्छ र नोक्सान व्यहोर्छ । त्यसकारण सधैं आफूमाथि सबैभन्दा बढी विश्वास गर्नुहोस् ।

Posted in रोचक

प्रतिकृया दिनुहोस्