Intresting

बुद्धको जीवनमा दरबार र बुद्धत्वको बीचको कठोर साधनाले भरिएका खण्ड

बुद्धधर्ममा रुचि राख्नेलाई गौतम बुद्धको जीवनी थोरबहुत थाहा हुन्छ । मुख्यतः उनी दरबारमा बसेका बेला र बुद्धत्व प्राप्तिपछिको जीवनचरित्रको ज्ञान हुन्छ । तर उनको गृहत्याग र बुद्धत्वको बीचको खण्डमा भएका विविध घटनाहरू थोरैले मात्र विस्तृतमा अध्ययन गरेका हुन्छन् ।

वास्तवमा आध्यात्मिक अन्वेषकका लागि बुद्ध जीवनीको गृहत्याग र बुद्धत्व प्राप्तिबीचको खण्डको विस्तृत अध्ययन सबभन्दा महत्त्वपूर्ण हुन्छ । त्यस बेला सिद्धार्थ गौतम न त घरपरिवारमा रमाउने साधारण मानिस थिए, न त ज्ञानप्राप्त सम्बुद्ध नै । उनी सत्यको खोजमा लागेका एक प्रतिवद्ध अन्वेषी थिए । सिद्धार्थ गौतमको गौतम बुद्ध बन्ने प्रकृयालाई नजिकबाट नियाल्नु अनि विश्लेषणात्मक अध्ययन गर्नु मुमुक्षुलाई अत्यन्त सहायक हुन्छ ।

सिद्धार्थले रातारात दरबार त्याग गरेपछि उनले सीधै तपस्या थालेका थिएनन् । उनी गुरूहरूको खोजीमा दक्षिण दिशातर्फ हिँडे । हिँडेको पहिलो दिन उनी शाक्यी नाम गरेकी ब्राम्हणीको आश्रममा बास बसेका थिए । अर्को दिन पद्मा नामकी ब्राम्हणीको आश्रममा बसेका थिए । यसरी हेर्दा त्यस बेला पुरुष मात्र नभई महिला पनि ज्ञानको खोजीमा घरबार त्यागेर आश्रममा बसी साधना गर्ने चलन रहेछ भन्ने बुझिन्छ ।

सिद्धार्थले रातारात दरबार त्याग गरेपछि उनले सीधै तपस्या थालेका थिएनन् । उनी गुरूहरूको खोजीमा दक्षिण दिशातर्फ हिँडे । हिँडेको पहिलो दिन उनी शाक्यी नाम गरेकी ब्राम्हणीको आश्रममा बास बसेका थिए । अर्को दिन पद्मा नामकी ब्राम्हणीको आश्रममा बसेका थिए । यसरी हेर्दा त्यस बेला पुरुष मात्र नभई महिला पनि ज्ञानको खोजीमा घरबार त्यागेर आश्रममा बसी साधना गर्ने चलन रहेछ भन्ने बुझिन्छ । आजभोलि कतिपय महिलावादीहरू सिद्धार्थ गौतमको गृहत्यागमा पनि पितृसत्ताको छाया देख्छन् । महिला होस् वा पुरुष, साधना गर्ने मनशायले घर त्याग्नु व्यक्तिगत छनौटको विषय हो । वास्तविक स्वार्थ त घरपरिवार भनेर बस्नु वा कसैलाई बस्न बाध्य पार्नुमा छ ।

त्यसपछि सिद्धार्थ गौतम रैवत नामका ब्रम्हर्षि, अनि राजक र भृगु नामका ऋषिहरूको आश्रममा वास बस्दै अघि बढे । भृगु ऋषि अनेक खालका कठोर व्रतका ज्ञाता थिए । उनको आश्रममा अनेक खालका व्रत पालना गरी बसेका साधकहरू देखी गौतम छक्क परे । कोही चराजस्तै अन्न दाना मात्र खाएर बसेका थिए । कोही बाख्राजस्तै हात–खुट्टा टेकेर घाँस चरिरहेका थिए । कोही साँपजस्तै हावा मात्रै खाएर पल्टेका थिए । यस्ता अनौठा खालका तपश्चर्या गौतमले जीवनमा पहिलो पल्ट देखेका थिए र अचम्मित भएका थिए । यी सबै के–का लागि भनेर सोद्धा भृगु ऋषिले स्वर्गमा जानका लागि भने । गौतमले आफू स्वर्गको खोजीमा भन्दा पनि मुक्तिको खोजीमा लागेको बताए । भृगु ऋषिले गौतमको उद्देश्यको प्रशंसा गर्दै सांख्य दर्शनका धुरन्धर ज्ञाता आराड कालाम भन्ने ऋषिको आश्रमको बाटो बताइदिए ।

अनि उनी वैशाली नगरमा गंगाको किनारमा तीनसय शिष्यका गुरू भई बसेका आराड कालामको आश्रममा पुगे । उनी तृतीय ध्यान अर्थात ‘आकिञ्चन्यायतन’ ध्यान प्राप्त थिए । सिद्धार्थले आराड कालामलाई गुरू थापी थोरै समयमा नै ‘आकिञ्चन्यायतन’ ध्यान प्राप्त गरे । यसमा साधकलाई केही पनि छैन भनेजस्तो निर्विकल्प महाशून्यको अनुभव भइरहन्छ । यसलाई हिन्दू साधनामा ‘तुरियावस्था’ भनिन्छ ।

त्यसपछि आराड कालामले सिद्धार्थलाई उनले जानेजति सबै कुरा सिकाइसकेको बताए र साथै उनकै आश्रममा उनीसँगै गुरू भई बस्न अनुरोध गरे । तर सिद्धार्थलाई चित्त बुझेको थिएन किनभने उनलाई थाहा थियो त्यो मुक्तिको अनुभव थिएन । सिद्धार्थले अझै ठूलो ज्ञानको चाहनामा रहेको बताएपछि कालामले आफूभन्दा ठूलो गुरू रुद्रक रामपुत्रको आश्रममा जान सुझ्याए ।

रामपुत्रले सिद्धार्थलाई आफूले जानेजति सबै सिकाइसकेको बताए । कालामले जस्तै रामपुत्रले पनि उनलाई सोही आश्रममा गुरू भई बस्न अनुरोध गरे । तर सिद्धार्थले त्यो ध्यानको अनुभव उच्च तहको भए पनि मुक्ति नै नभएको ठम्याए । त्यसैले उनले रामपुत्रलाई उनको गुरूबारे सोधे । तर रामपुत्रले आफ्नो कोही गुरू नभएको र आफ्नै साधनाबाट सिकेको बताए । यसबाट थाहा हुन्छ त्यस बेला कसैलाई गुरू नथापी आफ्नै प्रयासमा साधनामा लाग्ने प्रचलन पनि रहेछ ।

मुक्तिको खोजीमा रहेका सिद्धार्थ रुद्रक रामपुत्रको आश्रमतिर सोझिए । उनको आश्रम साधना गर्दै बसी सिद्धार्थले चौथो ध्यान अर्थात ‘नैवसंज्ञानासंज्ञायतन’ ध्यान प्राप्त गरे । यस ध्यानमा साधक हो वा होइन, भित्री वा बाहिरी, छ वा छैन भन्न नसकिने निर्विकल्प अवस्थामा स्थित रहन्छ । सिद्धार्थले त्यसभन्दा माथिको ज्ञानको बारे जिज्ञासा राखे । रामपुत्रले सिद्धार्थलाई आफूले जानेजति सबै सिकाइसकेको बताए । कालामले जस्तै रामपुत्रले पनि उनलाई सोही आश्रममा गुरू भई बस्न अनुरोध गरे । तर सिद्धार्थले त्यो ध्यानको अनुभव उच्च तहको भए पनि मुक्ति नै नभएको ठम्याए । त्यसैले उनले रामपुत्रलाई उनको गुरूबारे सोधे । तर रामपुत्रले आफ्नो कोही गुरू नभएको र आफ्नै साधनाबाट सिकेको बताए । यसबाट थाहा हुन्छ त्यस बेला कसैलाई गुरू नथापी आफ्नै प्रयासमा साधनामा लाग्ने प्रचलन पनि रहेछ ।

आजको सन्दर्भमा हेर्ने हो भने हामीले जे. कृष्णमूर्तिजस्ता केही दार्शनिकहरू पाएका छौं जसले बिनागुरू ज्ञान प्राप्त गरे । बुद्ध जीवनीको अध्ययन गर्दा थाहा हुन्छ त्यसबेला पनि बिनागुरू समाधि लाभ गर्नेहरू थिए । त्यस्तै यू. जि. कृष्णमूर्तिले केही अलौकिकजस्ता अनुभव आफूले गरेको तर त्यसको कुनै सार नरहेको बताएर धेरैलाई चकित पारे । सिद्धार्थ गौतमले त्यस्ता अलौकिक अनुभवहरूको मोक्ष वा अध्यात्मसित प्रत्यक्ष सम्बन्ध नभएको उहिल्यै ठम्याएका थिए । अभिधर्मले प्रस्तुत गरेको मनको ढाँचामा त्यस्ता अलौकिकजस्ता लाग्ने अनुभव कैयौं किसिमका हुन्छन्, तर ती सबै लौकिक वा मानसिक खेलभित्रै पर्दछन् । त्यसैले यू. जि. को ठम्याइ एउटा बौद्धको लागि कुनै अनौठो वा नौलो कुरा हुँदैन । त्यो त धेरै प्रारम्भिक कुरामा पर्छ । केही समयको लागि आफू आकाशसरि विस्तार भएको, ब्रम्हाण्डसित एकाकार भएको, आफू द्रष्टा मात्र भएको जस्ता सैयौं किसिमका अनुभव एउटा साधकलाई हुनसक्छ, तर मुक्तिको सन्दर्भमा तिनले खासै केही अर्थ राख्दैन ।

बुद्धत्वको खोजीमा रहेका सिद्धार्थ ती अलौकिक अनुभव र गुरूहरूबाट असन्तुष्ट हुन्छन् । अनि बिना कुनै गुरू वा मार्गदर्शक आफ्नै प्रयासमा अनेकन अभ्यास गर्छन् । यही नै बुद्धजीवनीको सबभन्दा रोचक अंश हो । तर त्यसमा जानुअघि त्यस बेलाका गुरूहरूको विशेषता बुझ्नु पनि उत्तिकै लाभदायी हुन्छ । सिद्धार्थ गौतम उच्चतर ज्ञानको खोजीमा लाग्न खोज्दा आराड कालाम अनि रुद्रक रामपुत्रले शुभकामना दिँदै विदा दिन्छन् । रामपुत्रले त उच्चतर ज्ञान प्राप्त भएमा आफूलाई पनि सिकाउनआउन निवेदन गर्छन् । कालाम र रामपुत्र ठूला गुरूहरू हुँदाहुँदै पनि ज्ञानको कुनै अन्त्य हुँदैन भन्ने जानेका थिए र अझ आफ्नै शिष्यबाट पनि नयाँ ज्ञान सिक्न लालायित थिए । भारतवर्षमा ज्ञानमार्गी सद्गुरूहरूको उच्च स्तरको खुला प्रवृत्ति रहेको देखिन्छ । अहिले कोही शिष्य आफ्नो शिक्षा छोडेर अन्त जानलागेको छ भने राम्रो मान्ने गुरू भेटिन मुश्किल छ ।

रामपुत्रले त उच्चतर ज्ञान प्राप्त भएमा आफूलाई पनि सिकाउनआउन निवेदन गर्छन् । कालाम र रामपुत्र ठूला गुरूहरू हुँदाहुँदै पनि ज्ञानको कुनै अन्त्य हुँदैन भन्ने जानेका थिए र अझ आफ्नै शिष्यबाट पनि नयाँ ज्ञान सिक्न लालायित थिए । भारतवर्षमा ज्ञानमार्गी सद्गुरूहरूको उच्च स्तरको खुला प्रवृत्ति रहेको देखिन्छ । अहिले कोही शिष्य आफ्नो शिक्षा छोडेर अन्त जानलागेको छ भने राम्रो मान्ने गुरू भेटिन मुश्किल छ ।

गुरू छोडी आफ्नै बलबुतामा अभ्यासमा लागेका गौतमले सबै खालका कठोरभन्दा कठोर प्रयास गरेको देखिन्छ । यसैलाई बुद्ध जीवनीमा दुष्कर चर्या भनिन्छ । दुष्कर चर्या गर्दा आफूले गरेका तपश्चर्याहरूबारे उनले बुद्धत्व प्राप्तिपछि आफ्ना प्रमुख शिष्य सारिपुत्र, सच्चक परिव्राजक, अनि बोधि राजकुमारलाई अलगअलग सन्दर्भमा सुनाएका थिए । ती कुरा मज्झिम निकायका विभिन्न सूत्रहरूमा उल्लेख छन् ।

ती सूत्रहरूको अध्ययन गर्दा रामपुत्रको आश्रम छोडेर हिँडेपछि गौतमले हठयोगका कठोर अभ्यासहरू गरेका देखिन्छन् । सूत्रमा उनले सुनाएका छन्, “अनि मलाई यस्तो लाग्यो— किन मैले दाँत बाँधी तालुमा जिभ्रो पुर्‍याई चित्तले चित्तलाई निग्रह गरी पेली सन्तप्त नगरुँ ?” यो कार्य हठयोगको खेचरी मुद्रासित मिल्दो छ । खेचरी मुद्रा गर्न जिभ्रो लामो हुनु आवश्यक छ । त्यसैले खेचरी गर्नेले पहिला जिभ्रोको मुनिको भाग विस्तारै काट्दै अनि जिभ्रो तन्काउने अभ्यास गर्दै लामो बनाउँछ । तर सिद्धार्थ गौतमको त जन्मँदै जिभ्रो लामो र चौडा थियो । त्यो बुद्ध बन्नलाई चाहिने बत्तीस लक्षणमध्येकै एउटा लक्षण हो ।

त्यसपछि गौतम अप्राणक ध्यान गर्नमा लागे । यसको वर्णन पढ्दा योगको कुम्भक (श्वास रोक्ने) अभ्यासजस्तै लाग्छ । बुद्धले आफूले गरेको चर्याको यसरी वर्णन गर्छन्, “मलाई यस्तो लाग्यो — ‘किन म अप्राणक ध्यान मात्र नगरूँ । अनि मैले मुखबाट पनि नाकबाट पनि श्वास प्रश्वास थुनें । मैले मुखबाट र नाकबाट श्वास प्रश्वास थुन्दा कर्णधारबाट निस्केको आवाज अधिक हुन्थ्यो । कालीगढले बाँसको ढुंग्रो फुक्दा जस्तो आवाज आउन हो, त्यस्तै आवाज सुनिन्थ्यो ।” यसरी कुम्भक गर्दा कहिले सियोको टुप्पोले शरीरमा घोचेको जस्तो अनुभव हुन्थ्यो, कहिले अघिकतम टाउको दुख्न थाल्थ्यो, कहिले पेटमा शोला हान्थ्यो, कहिले शरीरमा पीडा–डाह हुन्थ्यो भन्ने कुरा पनि बुद्धले नै धेरै ठाउँमा बताएका छन् । तर मुख्य कुरा के भन्दा यी यौगिक अभ्यासबाट हुने पीडा र आनन्द दुवै अनुभवबाट गौतमको चित्त निर्लिप्त रहन्थ्यो ।

त्यसपछि उनी अल्पाहारताको अभ्यासमा लागे । बुद्धले सारिपुत्रलाई सिंहनाद सूत्रमा बताएअनुसार उनी नांगै रहने गरेका थिए । एक दिनमा एकपटक, दुइ दिनमा एकपटक गर्दागर्दै हप्तामा एकपटक, दुइ हप्तामा एकपटक मात्र खाने भएका थिए । उनी पूर्णरूपमा शाकाहारी भएका थिए । खसेका फल मात्र खाने गरेका थिए ।

त्यसपछि उनी अल्पाहारताको अभ्यासमा लागे । बुद्धले सारिपुत्रलाई सिंहनाद सूत्रमा बताएअनुसार उनी नांगै रहने गरेका थिए । एक दिनमा एकपटक, दुइ दिनमा एकपटक गर्दागर्दै हप्तामा एकपटक, दुइ हप्तामा एकपटक मात्र खाने भएका थिए । उनी पूर्णरूपमा शाकाहारी भएका थिए । खसेका फल मात्र खाने गरेका थिए । गाइको गोबर खाने गरेका थिए । आफ्नै मलमूल खाने गरेका थिए । कहिले बस्दै नबसी उभिने मात्रै गरेका थिए । कहिले उठ्दै नउठी टुक्रुक्क बस्ने मात्रै गरेका थिए । डरलाग्दा मसानघाटमा बस्ने गरेका थिए । मुर्दाको हाडको सिरानी राखेर सुत्ने गरेका थिए ।

उनले सुनाएका दुष्कर चर्याको फेहरिष्ट योभन्दा धेरै लामो छ । जे भए पनि सत्यको एक अन्वेषकले आफूले जानेबुझेका सुनेका सबै अभ्यासमा प्रयास गरेको देखिन्छ । यसले उनमा मोक्षको चाहना कति तीव्र छ भन्ने बुझाउँछ । त्यसको लागि उनी जे पनि गर्न तयार रहेको र कुनै हिच्किचाहट नराख्ने देखिन्छ । उनी त्यस बेला प्रचलित विभिन्न परम्पराका अभ्यासी रहेको बुझिन्छ । उनका केही अभ्यास श्रमण मार्गका हुन् भने केही सनातनी परम्पराका देखिन्छन् । केही अभ्यास वाम मार्ग अर्थात तन्त्रयानसँग सम्बन्धित देखिन्छन् । फेरि केही अभ्यास दिगम्बर जैन परम्परामा मात्र भेटिने खालका पनि छन् । बुद्धको समयमा जैन धर्मको प्रभाव प्रशस्त फैलिएको अवस्था थियो भन्ने कुराको प्रमाण त बौद्ध सूत्रहरू नै हुन् ।

बोधिसत्वको दुष्कर चर्याबाट सिक्नुपर्ने उल्लेखनीय कुरा भनेकै एउटा मोक्षमार्गमा लाग्नेको अभिवृत्ति कस्तो हुनुपर्दछ भन्ने हो । उनको मनमस्तिष्क कुनै पनि परम्पराप्रति पूर्वाग्रहरहित थिए । उनी जिज्ञासु थिए । हरेक प्रयोग गर्न तत्पर थिए । सत्यको स्वतन्त्र अन्वेषकमा हुनुपर्ने खुला मनोवृत्ति उनमा थियो । तर यो निश्चय पनि हो कि ती साधनाबाट उनले बोधिज्ञान प्राप्त भएन, भलै अनेकौं अलौकिक अनुभवहरू भएका थिए ।


हामीले बुद्धको हाड र छाला मात्र भएको मूर्ति पनि देख्छौं । त्यसलाई हंग्री बुद्ध अथवा भोकाएका बुद्ध भनिन्छ । तर उनलाई खानाको भोक होइन, ज्ञानको भोक थियो । अन्तिममा गौतम बेहोश भए भनिन्छ । सामान्य मानिसले उनी भोकले बेहोश भएको ठान्छन् । केही गुरूहरूले भने त्यो सह्रसार चक्र खुलेको अनुभव बताउँछन् । तर सहस्रार चक्र खुल्नु पनि बोधिज्ञान होइन भनी ठम्याएर उनी अझै आध्यात्मिक मार्गमा अघि बढ्छन् ।

गौतम बुद्धले ६ वर्ष कठोरभन्दा कठोर तपश्चर्याहरू गरी त्यसबाट सम्बोधि लाभ नहुने देखेर मध्यम मार्ग अपनाए । अर्थात् धेरै कस्सेर साधना गर्ने पनि होइन, धेरै शिथिल हुने पनि होइन । जसरी वीणाको तार धेरै खुकुलो हुँदा आवाज आउँदैन, धेरै कस्सिँदा तारै चुँडिनसक्छ । त्यसैले उनी सामान्य किसिमले खाने–बस्ने गरेर ध्यानसाधनामा लागे । अन्ततः उनले ३६ वर्षको उमेरमा सम्यकसम्बोधि ज्ञान प्राप्त गरे ।

बुद्धले कहिल्यै आफूले दिएको शिक्षा नै मात्र ठीक हो भनेनन्, नत बुद्धधर्म नै सर्वोत्कृष्ट भने । ज्ञानको मामिलामा उनले सधैं खुलापन र उदारताको प्रवद्र्धन गरे । यस सन्दर्भमा कालाम सूत्र अत्यन्त रोचक छ ।

यहाँ छलफल गर्न खोजेको विषय ज्ञानको खोजीमा लाग्ने एउटा जिज्ञासुको प्रवृत्ति कस्तो हुनुपर्छ भन्ने हो । बुद्धले कहिल्यै आफूले दिएको शिक्षा नै मात्र ठीक हो भनेनन्, नत बुद्धधर्म नै सर्वोत्कृष्ट भने । ज्ञानको मामिलामा उनले सधैं खुलापन र उदारताको प्रवद्र्धन गरे । यस सन्दर्भमा कालाम सूत्र अत्यन्त रोचक छ । बुद्धको समयमा कालामहरूको कोशल राज्यमा कालामहरूको नगर थियो । कालामहरू अत्यन्त बौद्धिक र ज्ञानका पिपासु थिए । उनीहरू त्यसबेला उपलब्ध सबै गुरूबाट ज्ञानका उपदेश सुन्थे । नगरमा पुग्दा बुद्धलाई कालामहरू सोध्छन्, “सबैले आ–आफ्नै धर्म, आ–आफ्नै मत ठीक भन्छन्, कसरी कुन ठीक कुन बेठीक छुट्याउने हो ?”

जवाफमा बुद्धले “शंका गर्नु वा अनिश्चयमा रहनु उचित छ” भन्दै निम्न दश अवस्थाकै कारण कुनै कुरामा विश्वास गर्नु उचित नहुने बताउँछन्—

१. धेरै प्रचार वा चर्चामा आएको भन्दैमा

२. परम्परादेखि चल्दै आएको भन्दैमा

३. धेरैले मानेको कुरा भन्दैमा

४. पवित्र शास्त्रमा लेखिएको छ भन्दैमा

५. राम्रोसित तर्क दिइएको छ भन्दैमा

६. यो स्वयंसिद्ध कुरा हो भन्दैमा

७. प्रस्तुति राम्रो छ भन्दैमा

८. वक्ताको व्यक्तित्व राम्रो छ भन्दैमा

९. आफ्नो विश्वाससँग मिल्ने कुरा हुँदैमा

१०. आधिकारिक गुरू वा पण्डितले भनेको भन्दैमा

अन्तिममा बुद्ध फेरि भन्नुहुन्छ, “हे कालामहरू हो ! जसरी सुनारले सुनचाँदी आगोमा पोलेर जाँच्ने गर्छ, त्यसरी नै कसैको पनि कुरा आफंैले नजाँचीकन विश्वास गर्नु हुँदैन ।”

यतिमै मात्र पनि बुद्ध रोकिंदैनन् । उनले सैद्धान्तिकभन्दा पनि जीवनको यथार्थमा कालामहरूको ध्यान तान्छन् । उनले सोध्छन्, “कालामहरू हो, मानिसमा लोभ जाग्छ त आफ्नो हितको लागि कि आफ्नो हानिको लागि ?” कालामहरू जवाफ दिन्छन्, “आफ्नो हानिको लागि ।”

बुद्धले फेरि सोध्छन्, “कालामहरू हो, मानिसमा घृणा जाग्छ त आफ्नो हितको लागि कि आफ्नो हानिको लागि ?” कालामहरू जवाफ दिन्छन्, “आफ्नो हानिको लागि ।”

उनले सोध्छन्, “कालामहरू हो, मानिसमा मोह जाग्छ त आफ्नो हितको लागि कि आफ्नो हानिको लागि ?” कालामहरू जवाफ दिन्छन्, “आफ्नो हानिको लागि ।”

बुद्धको सन्देश के हो भने ‘के–ठीक’ र ‘को–ठीक’ भन्ने सैद्धान्तिक विवादमा उल्झिनुभन्दा आफ्नै मनको स्वभावलाई बुझ्नु मुख्य कुरा हो । हामी आफूलाई फाइदै हुन्छ भनेर लोभ गर्छौं, तर लोभले त आफ्नो विनाश गरिरहेको हुन्छ, जुन हामीले ख्याल गरिरहेका हुँदैनौं । यसरी आफ्नो मनको हरेक स्वभाव खोतल्दै जानसके आफ्नो गुरू आफैं बन्नसकिन्छ । बुद्धको इंगित गर्नखोजेको बिन्दु त्यही नै हो ।

बुद्धको सन्देश के हो भने ‘के–ठीक’ र ‘को–ठीक’ भन्ने सैद्धान्तिक विवादमा उल्झिनुभन्दा आफ्नै मनको स्वभावलाई बुझ्नु मुख्य कुरा हो । हामी आफूलाई फाइदै हुन्छ भनेर लोभ गर्छौं, तर लोभले त आफ्नो विनाश गरिरहेको हुन्छ, जुन हामीले ख्याल गरिरहेका हुँदैनौं । यसरी आफ्नो मनको हरेक स्वभाव खोतल्दै जानसके आफ्नो गुरू आफैं बन्नसकिन्छ । बुद्धको इंगित गर्नखोजेको बिन्दु त्यही नै हो ।

Related Articles

Back to top button
Close