News

कोरोना मुक्त भए चर्चित हाँस्यकलाकार देवीराम पराजुली ‘भोकलाग्यो’

काठमाडौं-चर्चित हाँस्यकलाकार देवीराम पराजुली भोकलाग्यो कोरोना मुक्त भएका छन् । आँफुलाई कोरोना संक्रमणको पुष्टि भएको कुरा उनले दुई साता अघि सामाजिक संजाल मार्फत गराएका थिए । अहिले कोरोना मुक्त हुँदा पनि फेसबुकबाटै जानकारी दिएका छन् ।

कोरोना मुक्त भएपछि फेसबुकमा जानकारी दिँदै लेखेका छन् मलाई फेसबुक, टेलिफोन, पत्रपत्रिका, प्रत्यक्ष वा परोक्ष्य रुपमा सुस्वास्थ्यको कामना गर्नु हुने तपाई तमाम आमा, बुबा, दाजु, भाइ, दिदी बहिनी, साथी, संगी, इष्टमित्र, पत्रकार, कलाकार सम्पूर्ण महानुभावप्रति हार्दिक आभार ब्यक्त गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु । आइ एम वेल नाउ अर्थात म अहिले ठिक छु ।’

देवीराम जिरे खुर्सानीमा भोक लाग्यो भूमिकामा अभिनय गरेर चर्चामा आएका कलाकार हुन ।

Related Articles

Back to top button
Close