Wednesday, January 27

मंगलबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

December 29, 2020 80

आज (मंगलबार) नेपाली बजारमा सुनकाे मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्यमा प्रतितोला ८ सय रुपैयाँले गिरावट आएको हो ।
मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ९४ हजार ९ सय रूपैयाँमा काराेबार भएको थियो ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ६ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, मंगलबार चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएको छ । सोमबार चाँदी एक हजार ३ सय १५ रूपैयाँ कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्