Saturday, February 27

कतै बाहिर निस्कने तरखरमा हुनुन्छ ? हेर्नुहोस् यस्तो छ आमागी तीन दिनको मौसम

January 17, 2021 78

अहिले (आइतबार बिहान) प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा माैसम आंशिकदेखि सामान्यसम्म बदली छ भने तराईमा बाक्लो हुस्सु/कुहिरो लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। माैसमविद्का अनुसार हाल देशको पूर्वी क्षेत्रमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। महाशाखाले आइतबार बिहान ६ बजे प्रकाशन गरेकाे आगामी ३ दिनको मौसम पूर्वानुमान यस्ताे छ-

माघ ४ गते (आइतबार) : दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

माघ ५ गते (सोमबार): दिउँसो : देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

माघ ६ गते (मंगलबार) :दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथापरामर्श

देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका धेरै भूभागमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिकृया दिनुहोस्