Friday, March 5

काठमाडौँ जाँदै थिए बाटोमा बसिरहेका बेला ५ जना व्यक्तिहरुले करणी गरे भन्दै युवती प्रहरीकोमा पुगेपछि…

January 17, 2021 97

तीन दिनअघि आफू सा’मू’हि’क करणीमा परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष रोइकराइ गरिन् । उनले आफूलाई रातभरि पाँच जनाले करणी गरेको प्रहरीलाई बताएकी थिइन् । युवतीको उजुरीपछि प्रहरी पी’ड’कको खोजीमा लाग्यो । तर कतैबाट पनि करणी भएको खुलेन । अन्ततः आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएको युवतीलाई नै पक्राउ गरेको छ ।

प्रहरीले अनुसन्धानकै क्रममा झुटो करणी ठहर गर्दै पी’डित भनिएका चिनीमाया नेपाली, कल्पना भुजुर र करणीको नाटक गर्ने युवतीलाई पक्राउ गरेको हो । उनीहरुमाथि ज’ब’रज’स्ती करणीसम्बन्धी कसुरको षड्यन्त्र र आ’प’रा’धिक लाभ शीर्षकमा मुद्दा दर्ता गरेको रौतहट प्रहरीले जनाएको छ ।

युवती पुस २८ गते इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा पुगेकी थिइन् । इलाकाले मुद्दा गम्भीर भएको भन्दै जिल्ला प्रहरमिा पीडितलाई पठायो ।

‘म ओखलढुंगाबाट काठमाडौँ जाँदै गर्दा खुर्कोटमा गाडी बिग्रियो । बाटोमा बसिरहेका बेला ५ जना व्यक्तिहरुले अ’प’ह’र’ण गरेर रौतहटको चन्द्रनिगाहपुर ल्याए । अनि दुई तले घरमा लगेर रातपर करणी ग’रे,’ उनले प्रहरीलाई बताएकी थिइन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्