Entertainment

दैनिक व्यायम गर्दै राजेश हमाल

नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल अहिले सामाजिक संजालमा निकै सक्रिय छन् ।

कुनै समय मोबाइल पनि नबोक्ने यी नायकलाई अहिले सामाजिक संजालको नशाले राम्रैसँग छोएको छ ।

नायक हमाल लकडाउनको समयमा घरमा छन् । उनी हरेक दिन सामाजिक संजालमा कुनै न कुनै तस्वीर र भिडियो अपलोड गरिरहेका हुन्छन् ।

नायक हमालले विशेषगरि सामाजिक संजालमा लकडाउनको समयमा आफूले व्यायम गर्दै गरेको तस्वीर र भिडियो बढी पोष्ट गरेका छन् ।

लकडाउनको समय आफूलाई फिट राख्नको लागि र आफ्नो स्वस्थ्यलाई ख्याल गर्दै नायक हमाल निरन्तर व्यायम गर्दै आएका छन् ।

हरेक दिन बिहान व्यायम गर्ने कुरामा मात्र होइन, उनी खानेकुरामा पनि उत्तिकै सजग छन् ।

हमालको यो मेन्टेनबाट अहिलेका युवाहरुले धेरै कुरा सिक्न सक्छन् । नायक हमालको व्यायमले पक्कै पनि उनका शुभचिन्तकहरुमाझ गज्जबको छाप छाडेको हुनुपर्छ ।

Related Articles

Back to top button
Close