News

वैदेशिक रोजगारीको पीडा: अवैद्य सम्बन्धले निम्ताएको आ’त्मह’त्या

गुल्मीको मलायगिरी गाउँकी २२ वर्षीया गीता खड्का बुटवल बस्दै आएकी थिइन् । मलेसियामा रहेका श्रीमान् ईश्वर खड्काले उनलाई ५ वर्षीय छोरासहित बुटवलस्थित शहरमा लगेर डेरा गरेर राखेका थिए ।

सोमबार साँझ मात्रै श्रीमान्सँग फोनमा कुरा भएको थियो केहिबेर । त्यसपछि दिदीको फोन आएको छ भनेर गीताले का’टिन् । त्यसै दिन साँझ छोरासँगै लिएर कोठा बाहिर निस्किइन् ।

बुटवल उपमहानगरपालिका वडा नम्वर १९ को पत्थरगञ्जमा उनको डेरा थियो । घरबेटी दीपक सेन भन्छन् –‘साँझ त्यस्तै साढे सात बजे उनी डेराबाट बहिर निस्केकी हुन् ।’ सेनको घरमा गीताका आमा छोरा डेरा सरेको त्यस्तै छ सात महिना जति भएको थियो ।

हिजो बिहान त्यस्तै चार बजेरित मेरो कोठा भित्र छोरालाई जबरजस्ती धकेलेर अहिले आउँछु भन्दै हिँडेकी हो । विहान सात बजेतिर एउटी महिला र पुरुष एउटै रुखमा झु’ण्डिएको अव’स्थामा रहेको खबर

मंगलबार विहान करिव सात बजेतिर उनको दिदीको घर नजिकै पर्ने रुखमा गीता अर्को एक पुरुष एउटै रुखमा डोरीको पा’सो ल’गाइ झु’ण्डिएको अवस्थामा फेला पर्छिन् ।

बुटवल मै डेरा गरि बस्ने मृ’तक गीताकी दिदी लक्ष्मी कुँवर क्षेत्री भन्छिन् –‘हिजो बिहान त्यस्तै चार बजेरित मेरो कोठा भित्र छोरालाई जबरजस्ती धकेलेर अहिले आउँछु भन्दै हिँडेकी हो । विहान सात बजेतिर एउटी महिला र पुरुष एउटै रुखमा झु’ण्डिएको अवस्थामा रहेको खबर आएपछि हेर्न जाँदा मेरै बहिनी र फ्याक्ट्रीमा काम गर्ने केटा रैछ ।’

लक्ष्मी भन्छिन्, ‘रातभरी उनीहरु फ्याक्ट्री पछाडीसंगै बसेका रहेछन् । त्यहीँबाट आएर छोरा मेरो कोठामा छाडेर हिडेपछि एकैसाथ आ’त्मह’त्या गरेका रहेछन् ।’

मंगलबार उनीसंगै आ’त्मह’त्या गर्ने उदयपुरका २४ वर्षीय हीराबहादुर श्रेष्ठ हुन् । मंगलबार ईलाका प्रहरी कार्यालयमा आइ उनका दाजु रणबहादुर श्रेष्ठले भाईको श’व बुझेर लगेका छन् ।

बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी भिम भट्टराईले दुईबीच अ’वैद्यसम्वन्ध रहँदै आएको खुलेको बताए । ‘हामीले थप अनुसन्धान गर्दैछौ,’ उनले भने ।

हीराबहादुर श्रेष्ठका दाईका अनुसार भाईले त्यस फ्याक्ट्रीमा काम गर्न लागेको डेढ वर्ष जति भयो । घरमा श्रीमती र ९ महिनाको छोरा छ । ‘छ सात महिनाअघि मात्र घरमा गएको थियो । श्रीमतीसँग पनि सम्वन्ध राम्रै थियो । यता अर्को महिलासँग झु’ण्डिएर आ’त्मा ह’त्या गरेको खबर आए पछि बुटवल आएका हौंँ । अहिले भाईको श’व लिएर जाँदैछौं,’ उनले भने । उनकी श्रीमति र सन्तानको बिच’ल्ली हुने भएको उनले पी’डा सुनाए ।

मृ’तक गीताका श्रीमान किशोरले ईमोबाट कुरा गर्दै गहभरी आँशु पारे । ‘के गर्ने ३ महिनादेखि लकडाउनका कारण कोठा बाहिर निस्कीन सकेको छैन् । साथमा पैसा पनि छैन ।

उनका अनुसार उनीहरुको पुखेयौंली घर उदयपुरको चौबन्दी नगरपालिका भए पनि हाल बसाई सराई गरेर उनीहरु सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ५ मा बस्दछन् । यता, उनकी गीताका ५ वर्षीय छोरा ठूली आमाको शरणमा छनन् ।

गीताको श’व बुझ्न उनका ६५ बर्षीय ससुरा रेशमबहादुर खड्का उनका भाई गणेश खड्का लगायत गुल्मीबाट बुटवल पुगेका थिए । मंगलबार बुहारीको श’व बुझेर खड्का परिवारले तिनहुँखोलामा दा’हसंस्कार गरेका छन ।

मलेशियामा रहेका मृ’तक गीताका श्रीमान किशोरले ईमोबाट कुरा गर्दै गहभरी आँशु पारे । ‘के गर्ने ३ महिनादेखि लकडाउनका कारण कोठा बाहिर निस्कीन सकेको छैन् । साथमा पैसा पनि छैन । लकडाउनअघि चैत्र महिनामा यहाँको खर्च कटाएर ३५ हजार रुपैयाँ श्रीमतिलाई पठाएको थिए,’ उनले भने ।

‘लकडाउन सुरु नहुँदै मेरो घर आउने फलाइट थियो । तर, श्रीमतिले अहिले नआउनुहोस अझै एक वर्ष थपेर उतै बस्नुस भनेकी थिइन्,’ उनले भने, ‘मैले पटक पटक पठाएको दश एघार लाखको हिसाब किताबको टुंगो छैन । कहिले कसलाई कहिले कसलाई दिएको छु भन्थिन् । तर उनीहरुलाई सोध्दा लगिसकेको बताउँछन् ।’ यो खबर प्रेम सुनारले रातोपाटीमा लेखेका छन् ।

Related Articles

Back to top button
Close