Sunday, January 24

काठमाडौंबाट सर्लाही जाँदै गरेको यात्रुबाहक बसमा बेवारिसे ७ तोलाको सुनको बाला फेला परेपछि

December 29, 2020 116

काठमाडौं, १४ पुस -प्रहरीले चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेँलो धातु बरा’मद गरेको छ । काठमाडौं महानगरपालिका-१४ कलंकी खडकुले पुल अगाडि सडकमा ना.८ ख ७३३४ नम्बरको बसमा वेवारिसे अवस्थामा रहेको करिब ५० ग्राम सुन जस्तो देखिने पहेंलो धातु सोमबार राति प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले बस जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी बरा’मद गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

महानगरीय ट्राफिक प्रहरी कंलकीका प्रमुख पुरूषोतम कार्कीका अनुसार काठमाडौंबाट सर्लाहीको मलंगवा जादै गरेको ना ८ ख ७३३४ नम्बरको यात्रुबाहक बस चेक जाँच गर्दा गाडीको क्याविनको सिसा नजिकै रहेको करिव ५९७ तोलाको बेवारिसे सुनको बाला बरामद गरिएको बताए ।सुनको बाला कसले राख्यो भन्ने कुरा नखुलेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्