January 17, 2021 73
एक महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्दै गरेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख मिठ्ठु खड्काको नेतृत्वको टोलीले एक महिलाको डेड तोलाको सुनको सिक्रि लुटेर भाग्ने एक युवकलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार चितवनकी मिरा रानाभाट कलंकीमा हिड्दै गर्दा उनले लगाएको सुनको सिक्रि लुटेराले तानेर फरार भएका थिए ।
कंलकी प्रहरीलाई महिलाको सुनको सिक्रि लुटपाट भयो भने सुचना प्राप्त गर्न साथ केही घण्टामै प्रहरीले सुनको सिक्रि लुटेर भाग्दै गर्दा सिन्धुपाल्चोक सुनकोसि घर भई हाल ललितपुर बस्ने सुभाष तामाङलाई पक्राउ गरेको बताएको छ ।
पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी बृत्त कालिमाटी पठाईएको छ ।
प्रतिकृया दिनुहोस्