Friday, February 26

आइसक्रीमका बट्टामा भेटियो कोरोनाभाइरस

January 17, 2021 94

चीनको तियानजिन नगरपालिकामा आइसक्रीमका थुप्रै बट्टामा कोरोनाभाइरस भेटिएपछि अधिकारीहरू संक्रमित व्यक्तिहरूको पहिचानमा जुटेका छन् ।स्थानीय स्तरमा उत्पादित आइसक्रीमका तीनवटा स्याम्पलमा कोरोना भेटिएको हो ।

लगभग ४८ सय ३६ बक्समा कोरोना भेटिएको तियानजिन दाकियाओदाओ फूड कम्पनीले जनाएको छ । तीमध्ये २ हजार ८९ वटालाई सील गरिएको छ ।

बाँकी १८ सय १२ वटालाई अन्य प्रान्तमा पठाइसकिएको थियो र ९३५ वटा स्थानीय बजारमा गइसकेका थिए । तर ६५ वटा मात्र बिक्री भएको चाइना डेलीले खबर दिएको छ ।कम्पनीका १६ यि ६२ कामदारलाई सेल्फ आइसोलेसनमा बस्न भनिएको छ । उनीहरूको स्वास्थ्य परीक्षण पनि गरिएको छ ।

लीड्स विश्वविद्यालयका भाइरोलोजिस्ट डा स्टिफन ग्रिफिनले मानिसको सम्पर्कमा आइसक्रीम कोरोना पोजिटिभ देखिएको हुन सक्ने र यो एक्लो घटना भएको बताए ।यसबाट आत्तिनुपर्ने कारण नरहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्