News

९ बर्षिया सङ्क्रमितका बाबु भन्छन्, छोरी रुँदै बाबा मम्मी भन्छिन म सुन्न सक्दिन !

नेपालगन्ज । बाँकेमा फेला परेका कोभिड –१९) संक्रमितको अझै पनि ‘ट्राभल हिस्ट्री’ खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको शुरुको अवस्था पत्ता लगाउन मुश्किल भएको छ । कोरोना भाइरस संक्रमणको क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका–८ जोल्हनपूर्वामा पहिलोपटक गत शुक्रबार मदरसा शिक्षक ६० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पोजेटिभ फेला परेपछि उनी बसोबास तथा आवतजावत गर्ने क्षेत्रमा बन्द गरेर स्थानीय बासिन्दाको स्वाब परीक्षण गर्दा सात वर्षका बालक तथा नौ वर्षकी बालिकासहित २२ जनामा पोजेटिभ देखिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले ती पुरुषलाई पनि अरुबाट कोरोना सरेको हुन सक्ने बताए । संक्रमितको ट्राभल हिस्ट्री पत्ता लगाउन नसकिएकाले संक्रमण कहाँदेखि फैलियो भन्ने थाहा पाउन मुश्किल भएको छ । पहिलो संक्रमित ६० वर्षीय पुरुष भारतका रुपैडिहा, नानपारालगायत ठाउँमा आवातजावात गरेको देखिए पनि टाढाको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ती पुरुषलाई नै यकिनसाथ पहिलो केश भन्न नमिल्ने उनले बताए ।

नेपालगञ्जमा पहिलो पटक फेला परेका संक्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा आएका जोल्हनपूर्वास्थित मदरसा वरिपरिका बासिन्दा भएको बताइएको छ । पहिलो संक्रमितले जोल्हनपूर्वामा रहेको मदरसामा बालबालिकालाई पढाउने क्रममा सम्पर्क भएको हुन सक्ने अनुमान छ । स्वास्थ्यकर्मीले संक्रमितलाई पछ्याउँदै परीक्षण तीव्र बनाइरहेका छन् । यो संख्या अझै बढ्ने आकलन गरेर स्थानीय प्रशासनले नेपालगञ्जमा निषेधाज्ञा जारी गर्दै सुरक्षा व्यवस्था निकै कडा बनाएको छ ।

कोरोना कहाँबाट र कसरी शुरु भएको भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको फोकल पर्सन श्रेष्ठ बताउछन् । उनले भने, “हामीले पहिलो केश नै पत्ता लगाउन सकिरहेका छैनौंँ, कोरोना संक्रमण ‘ट्राभल हिस्ट्री’ खोजिरहेका छौंँ । पहिलो संक्रमित व्यक्ति नै हो वा अरु कसैबाट उनीमा सरेको भन्नेबारे पत्ता लागिसकेको छैन ।”

भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै ६०० जना भागेका थिए । यी संक्रमित पनि भाग्नेमध्ये भएको प्रहरीले बताएको छ । यसबाट उनी थुप्रै व्यक्तिको सम्पर्कमा पुगेको र पछिल्ला २२ नयाँ संक्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट भएको बुझिएको छ । उनी आफ्नो निवास रहेको जोल्हनपूर्वाबाट दैनिक तीनचार पटक नमाजको अजान गर्न महेन्द्र पार्कस्थित धार्मिकस्थलमा पनि आउजाउ गर्थे । उनी मदरसाका शिक्षक भएकाले उनको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप स्वाब संकलन र परीक्षण भइरहेको श्रेष्ठले जानकारी दिए।

“यताको सम्बन्ध उता र उताको सम्बन्ध यता भएकामा संक्रमित भेटिएको भए पनि उनीहरु धेरै टाढा गएको देखिँदैन । फेला परेका संक्रमितमध्ये यो बीचमा रुपैडिहा वा नानपारा नगएको कोही पनि छैन ।” स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठका अनुसार अहिलेसम्म पहिलो संक्रमितको ‘ट्राभल हिस्ट्री’ नै फेला परेको छैन भने अन्य संक्रमितको खोज्ने काम भइरहेको छ । उनका अनुसार संक्रमित रहेका क्षेत्रमा ‘कन्ट्रयाक्ट ट्रेसिङ्ग’को काम भइरहेको र यो सकेपछि थ्रोड स्वाब लिएर परीक्षणलाई तीव्रता दिइने छ । संक्रमित भेटिएको स्थानलाई पूर्णरुपमा बन्द गरेरै ‘कन्ट्रयाक्ट ट्रेसिङ्ग’ गरिरहेको पनि उनले जानकारी दिए ।

त्यस्तै बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा ९ वर्षीया बालिकादेखि ६० वर्ष उमेरका संक्रमितको उपचार भइरहेको छ । सात वर्षीयाका बाबु पनि संक्रमित छन् । उनी पनि आइसोलेसनमै छन् । आफ्नी सानी छोरीसँग छुट्टिएर अलग्गै बस्नुको पीडा उनले यसरी सुनाए थ्रोट स्वाब परीक्षण गर्दा म र मेरी सात वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि हामी १५ जनालाई राति साढे १० बजेतिर एउटै एम्बुलेन्समा राखेर यहाँ ल्याइयो । त्यतिबेलासम्म छोरी मेरो काखमै थिई । ‘बाबा हामी कहाँ जाने ?’ उसले सोधिरहेकी थिई । मैले केही उत्तर दिन सकिरहेको थिइनँ । ऊ अझै डराइरहेकी छ ।

अस्पतालमा ल्याएपछि छोरीलाई र मलाई फरक कोठामा राखियो । छोरीले औंला छोड्न मानेकी थिइनँ । ऊ रुँदै कोठाभित्र गई । एउटै भवनमा विपरीत दिशाका कोठामा हामीलाई राखिएको छ । उसलाई एउटी महिलासँग राखिएको छ । छोरीले त्यो कोठाबाट बोलिरहेको, कराइ रहेको, बाबा, अम्मी भन्दै चि’च्या इरहेको सुन्छु । आइतबार राति १२ बजेतिर मलाई बोलाएकी थिई । छोरीको चि’च्याहट सुनेर रातभरि सुत्न सकिनँ । छोरी चुलबुले स्वभावकी छे । खेल्न, खान, कार्टुन हेर्न मन पराउँछे । आजसम्म कहिल्यै आमाको काख छोडेर बसेकी छैन । घरमा एक्लै कहिल्यै बसिन । राति मेरो अँगालोमा निदाउने बानी थियो । अहिले त्यो कोठामा कसरी बसेकी होला, कोरोनाले भन्दा छोरीको चिन्ताले पिर लागेको छ ।

उता पत्नीले पटकपटक फोन गरेर छोरीको आवाज सुनाइदिनु भन्छे । म आफैं सम्पर्कमा छैन, सुतिरहेकी छ भन्दै झूटो बोल्छु । न छोरीको कोठामा खेलौना छ, न केही खाने कुरा । घरमा फलफूल, बिस्कुट, चक्लेट निकै खान्थी । आज (सोमबार) बिहान बिस्कुट चाहियो भन्दै क’रा’इरहेको सुनेँ तर नर्स र कुरुवाले खासै वास्ता गरेनन् । मैले कुरुवासँग छोरीलाई बिस्कुट ल्याइदिनु भन्दा वि वा द नै भयो । धेरै क राए पछि बिस्कुट र केही चक्लेट ल्याइदिए । उसलाई खेल्ने, रमाइलो गर्ने बालमैत्री वातावरण छैन । हिजैदेखि इन्टरनेट छैन ।

कम्तीमा टेलिभिजन या इन्टरनेट भएको भए ऊ कार्टुन हेरेर भुलिने थिई । रातभरि म’च्छडले टो क्छ । यहाँ झुलसमेत छैन । म बस्ने कोठाको मूलढोका भाँ च्चि एको छ । छोरी एकातिर, म अर्कोतिर । घरमा पत्नी एक्लै । छोरीलाई मसँगै राखिदिए पनि सम्झाउन पाउँथें । अभिभावकको साथमा हुँदा ढुक्क हुन्थी । आइसोलेसन हाम्रा लागि जे लजस्तै छ । ऊ चित्र भएका किताब हेर्न खुब मन पराउँछे तर यहाँ उसको मन भुलाउने न किताब छ, न खेलौना ।

आइसोलेसनमा राखिसकेपछि नागरिकले पाउनुपर्ने सबै सुविधा उपलब्ध गराउनुपर्ने हो । हामीलाई ज्वरो पनि आएको छैन । बिरामीको कुनै लक्षण छैन । संक्रमित टोल भएकाले आशंका लागेका व्यक्तिको थ्रोट स्वाब परीक्षण भइरहेको थियो । म पनि दुविधामा रहनुभन्दा जाँच गरिहालौं भनेर आफैं स्वाब दिन गएको थिएँ । गत शुक्रबार भेटिएका संक्रमितसँग मेरी छोरी कहिल्यै सम्पर्कमा आएकी थिइन, मैले पनि भेट गरेको थिइनँ । तर, रिपोर्ट पोजेटिभ देखियो । आफ्नी सानी छोरीसँग छुट्टिएर अलग्गै बस्नुको पी डा उनले कान्तिपुरकी मधु शाहीलाई यसरी सुनाए ।

Related Articles

Back to top button
Close