Monday, March 8

युवककाे बाईकमा लिफ्ट मागेर हिँडेकी,यी नर्सकाे जीवनमा पत्याउनै मु’स्किल पर्ने घ’टना, !

January 17, 2021 84

चक्र खडायत – मलाई बिहानै ८/९ बजे नै नेपालगन्ज पुग्नु थियो, बिहानै साढे ५ बजे तिर हतारमा उठियो। मम्मीलाई नि उठाएर आफ्नो लागि खाजा बनाउन लगाए किनकी को’रो’नाको समय छ, सबै ठाउँमा खाना नास्ता खाने जस्तो माहोल छैन।फ्रेस भएँ। मम्मीले पकाउनु भएको नास्ता खाएँ, झोला तयार पारे। यति गरुन्जेल ६ बजिसकेको थियो। मम्मीलाई हतारमा ल अब हिडेँ भनेर बाइक निकालेँ। एउटा काँधमा झोला भिरेँ, बाइक स्टार्ट गरेँ।

घरको गेटबाट बाहिर निस्किएँ।घरबाट हिडेको लगभग खल्तिमा राखेको मोबाइलमा अलार्म बज्यो। सधैँ जसो म साढे ६ मा उठ्ने गर्थेँ तर आज म बाटोमा पुगिसकेको थिएँ। एकछिन रोकेर अलार्म बन्द गरेँ, अगाडि बढेँ। अत्तरियादेखि अलि अगाडि स्याउले बजार भन्ने ठाउँ छ, एक जना भरत शाह दाइ बिहानै साइक्लिङ गर्दै थिए। दाइ नमस्ते भन्दै बाइक अलि स्लो गरेँ। दाइले भन्नु भयो ‘ओहो भाइ! तिम्रो उठ्ने समय भैसक्या हो?’ हाँस्दै भनेँ ‘परिस्थिति दाइ, समय समयको खेल, कहिले ७/८ बजेसम्म सुतिन्छ, कहिले ५ बजे हिडिन्छ।’

छर्लङ्ग उज्यालो भैसकेको थियो। मलाई नेपालगन्ज पुग्नु थियो समयमै। दाइ म लागेँ है, ढिला हुन्छ भनेर अगाडि बढेँ। खुटियाको पुलमा पनि मर्निङ वाक गर्नेहरु हिँडिरहेका थिए। बिहानको चिसो मौसम, सरर हावा खादै म नि अगाडि बढ्दै गएँ। बनबेहडा, कुचैनी राजिपुर हुँदै मसुरिया पुगेँ। गाडीहरु नि खासै चलेका थिएनन्, रोड खाली नै थियो। मैले धान्न सक्ने स्पिडमा बाइक चलाउन कुनै कुराले अ’बरोध गर्ने जस्तो अवस्था थिएन।

मसुरियाको थोरै अगाडि एक जना युवतीले हात दिएर बाइक रोक्ने इशारा गरिन्। म दोधारमा परेँ, बाइक रोक्ने की नरोक्ने भनेर। जब नजिक पुगेँ, मेरो हात र खुट्टाको दुइटै ब्रेक एकै पटक लागेको थाहा नै भएन।

प्रतिकृया दिनुहोस्