International

कोरोनाभाइरसका कारण चीन र अस्ट्रेलियाबीच भिडन्त हुने निश्चित

काठमाडौं, २५ बैशाख । कोरोना महामारीको विषयलाई लिएर पछिल्लो समय चीनमाथि अस्ट्रेलिया आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । अस्ट्रेलियाली मिडियामा फाइभ आइज इन्टेलिजेन्सको एक डेजियर छापिएको छ जसमा बेइजिङले कोभिड १९ को सुरुवाती चरणमा जानकारी लुकाएको दावी गरिएको छ । यसलाई लिएर चीनको तर्फबाट पनि तीखो र कडा प्रतिक्रिया आएको छ ।

द फाइभ आइज नेटवर्क ५ देशको इन्टेलिजेन्सको गठबनधन हाृ जसमा अस्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, बेलायत र अमेरिका छन् । द फाइभ आइज नेटवर्कले आफ्नो रिपोर्टमा वुहानबाट पूरै विश्वमा कोरोनाभाइरस फैलिएको विषयमा जाँच गरेको बताएको छ । १५ पेजको लिक भएको डेजियरमा भनिएको छ कि चीनले कोरोनाभाइरसको बारेमा तमामा सामाजिक संजालका पोस्ट मेटाएको थियो ।

रिपोर्टका अनुसार चीनले डिसेम्बरमै कोरोनाभाइरस मानिसबाट मानिसमा फैलिने प्रमाण भेटिइसक्दा पनि २० जनवरीसम्म पूरै विश्वलाई यसको जानकारी दिएन । रिपोर्टमा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा भाइरस विकसित गरिएको र यहीँ चमेरासँग सम्बन्धित रोगहरुको जोखिमपूर्ण रिसर्च गरिएको दावी पनि गरिएको छ । यद्यपि यही ल्याबबाट कोरोनाभाइरस लिक भएको कुनै प्रमाण नभएको पनि बताइएको छ ।

१५ पेजको डेजियरमा चीनमाथि प्रमाण मेटाएको र जानकारी लुकाएको भन्दै आलोचना गरिएको छ । यसलाई अन्तर्राष्ट्रिय पारदर्शीतामाथि आक्रमण भनिएको छ ।

चीनले यो रिपोर्टलाई लिएर कडा चे’तावनी जारी गरेको छ । चीनले यस किसिमको जाँचले चीनलाई नकारात्मक कारवाही गर्न बाध्य पार्ने चे’तावनी दिएको छ ।

Related Articles

Back to top button
Close