Video

भर्खरै मोरङको बेलबारीबाट आयो ड’रला’ग्दो घ’टनाको ख’बर (भिडियो सहित)

काठमाडौ।मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ दौलथपुरमा एक युवाको शव नहरको डिलमा फेला परेको छ । कानेपोखरी गाउँपालिका वडा नम्बर १ होक्लाबारीका १८ वर्षीय आयुष गिरीको शव नहरको डिलमा फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । हिजो साँझ साथीहरूसँग सामान्य वि’वाद भएपछि हा’तपा’त भएको स्थानीयको भनाई छ ।

शव पोष्मार्टमका लागि उर्लावारी स्थित मगलवारे अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीका इनिस्पेक्टर ऋषिराज ढकालले बताए । स्थानीय भने मृतक गिरीको शरीरका विभिन्न अंगमा चोटपटक देखिएकोले हत्या भएको हुनसक्ने आशंका गरेका छन् । प्रहरीले भने पोेष्टमार्टम रिर्पाेट नआएसम्म केही बोल्न सक्ने अवस्था नरहेको बताएको छ

आज बिहान मर्निङवाकमा निस्किनेले नहरको डिलमा मृत अवस्थामा युवाको शव देखेपछि इलाका प्रहरी कार्यालय बेलबारीलाई फोन गरेर जानकारी गराएका थिए ।

शवको पोस्टमार्टमका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई सकिएको छ । घटनाको अनुसन्धान गर्न हिजो मृतक युवासँगै रहेका १० जना बढीलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिएका छन् । अनुसन्धान जारी रहेकोले पक्राउ गरिएकाहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

सामान्य जनमजदूरी गर्ने परिवारका सदस्य आयुष बुधबार दिउँसोदेखि घरबाट सम्पर्कविहिन थिए । राति पनि उनी घर फर्किएका थिएनन् । ‘शव भेटिएपछि अनुसन्धानका लागि १० जनालाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘मृतकसँग अन्य युवाहरूले सँगै बसेर मापसे गरेको खुलेको छ ।’ उनले पोष्टमार्टम रिपोर्टपछि थप विषय खुल्ने बताए ।
मृतकको शरीरमा निलडामहरू रहेको प्रहरीले बताएको छ ।

Related Articles

Back to top button
Close