Video

‘म कोरोनाभाइरस संक्रमित हुँ, जानीजानी अरुलाई पनि भाइरस सारिरहेकी छु’ हेर्नुहोस् (भिडियो सहित)…….

१८ वर्षकी एक किशोरीले सामाजिक संजालमा भिडियो अपलोड गरेर आफू कोरोनाभाइरस संक्रमित भएको र अरुलाई पनि जानीजानी भाइरस सारिरहेको दावी गरेकी छिन् । यी किशोरी अमेरिकाको टेक्सस राज्यको क्यारोल्टन शहरकी भएको माई टेक्सास डेली ले जानेको छ भिडियो सार्वजनिक भएपछि पुलिसले यी किशोरीको खोजी गरिरहेको छ ।

सामाजिक संजालमा भिडियो भाइरल भएपछि स्थानीय पुलिसले ट्वीट गर्दै यसबारे जानकारी दिएको छ ।पुलिसका अनुसार यी किशोरीको पहिचान भइसकेको छ तर उनलाई पक्राउ गर्न बाँकी छ । पुलिसका अनुसार भिडियोमा आफू संक्रमित भएको र जानीजानी अरुलाइ संक्रमित गरिरहेको दावी गर्ने किशोरीको नाम लरेन माराडिआगा हो । लरेनमाथि आतंक फैलाएको अभियोगमा मुद्दा चलाइने पुलिसले जनाएको छ ।

https://twitter.com/CarrolltonTXPD/status/1246933227912257536

पुलिसले आम मानिसहरुलाई लरेनबाट धेरै खतरा छ कि छैन भन्ने कुराको भने पुष्टि हुन नसकेको जनाएको छ किनकि लरेन सााच्चै संक्रमित हुन् वा त्यसै हल्ला फैलाएकी हुन् भन्ने खुलासा भइसकेको छैन । यद्यपि लरेनले यसरी धम्की’ दिएपछि भने कारवाही गम्भीर रुपमा अगाडि बढाइएको छ । पुलिसले लरेनको गिरफ्तारीको लागि आम नागरिकसँग अपिल गरेको छ । पुलिसले लरेनको बारेमा कुनै जानकारी भए आफूहरुसँग साझा गर्न आम नागरिकलाई आग्रह गरेको छ ।

Related Articles

Back to top button
Close