Sunday, March 7

कोरोना खोपको गम्भीर असर, नर्वेमा २९ जनाको खोप लगाएपछि मृत्यु, भारतमा ५२ जना बिरामी

January 17, 2021 80

कोरोना भाइरसको बहुप्रतिक्षित खोप अहिले उपलब्ध छ । तर यो खोपका गम्भीर असर देखिन थालेका छन् । पछिल्लो समय बिभिन्न देशबाट खोपको गम्भीर असरबारेका समाचार आएका छन् ।

पछिल्लो समय विश्वव्यापी कोरोना भाइरसको अन्त्यका लागि विश्वका कतिपय देशहरुमा खोप अभियान जारी छ । आवश्यकता अनुसार क्लिनिकल ट्रायल नहुँदा यसका गम्भीर असरबारे समाचारहरु पनि आइहेका छन् ।

नर्वेमा पनि नयाँ वर्षको ४ दिन पहिले फाइजरको कोरोना भाइरस बिरुद्ध खोप लगाउन शुरु गरियो । त्यहाँ खोप लगाएपछि हालसम्म २९ जनाको मृत्यु भइसकेको छ भने ७५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

२७ डिसेम्बर २०२० मा कोभिडको खोप अभियान शुरु भएपछि देशभर २५ हजारभन्दा अधिक मानिसहरुलाई खोप लगाइएको छ ।

नर्वेमा जो मानिसको मृत्यु भएको छ, उनीहरुलाई भ्याक्सिनको पहिलो डोज लिएका थिए, त्यसपछि उनीहरुको स्वास्थ्य अवस्था बिग्रिएको थियो ।
२९ जनामध्ये १३ जनाको खोपबाट नै मृत्यु भएको पुष्टि भइसकेको छ, भने बाँकीको मृत्यु बारे जाँच भइरहेको बताइएको छ ।
यस्तै, भारतमा कोरोना भाइरस विरुद्धको खोप लगाएका ५२ जनामा असर देखिएको छ । ती मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्