Monday, March 8

अचम्मको यस्तो ठाँउ जहाँ सर्पले गर्छ मानिसको मसाज(भिडियो सहित)

January 17, 2021 87

मसाज सेन्टरमा मानिसहरु थकान मेट्नका लागि जाने गर्छन् ।हामीले सुनेका वा देखेका मसाज सेन्टरहरुमा महिला वा पुरुष हुन्छन् । तर आज हामीले जानकारी दिन गइरहेको मसाज सेन्टरबारे जानकारी पाउँदा सबै चकित पर्नुहुनेछ ।

इजिप्टमा सर्पद्वारा मसाज दिइन्छ । यो मात्र होइन सर्पले मसाज गर्दा मानिसहरुको शरीर दुखाई पनि समाप्त हुन्छ र उनीहरुलाई ठूलो राहत मिल्ने गर्दछ ।‘सर्प मसाज’ को समयमा, ग्राहकलाई पहिले तेल लगाएर मालिस गरिन्छ । त्यसपछि जीवित सर्पहरू वा अजिङ्गरहरू उनीहरूको शरीरमा छोड्ने गरिन्छ । मसाज सेन्टरमा मानिसहरूलाई ३० मिनेट राम्रो मसाज दिइन्छ । त्यस समयमा लगभग २८ प्रकारका सर्पहरू ग्राहकको शरीरमा हिँड्ने गर्छन ।

‘सर्प मसाज’ को भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि विश्वभर चर्चा शुरु भएको छ । मसाज सेन्टरका मालिक सफवत सेडकी भन्छन् कि सर्पले मालिस गर्दा मांसपेशी र जोर्नीको दुखाइमा धेरै राहत हुन्छ । सर्पको मालिस लिने ग्राहकहरू शुरुवातमा एकदम डराएका भए पनि मसाज शुरु हुने बित्तिकै डर अन्त्य भयो र दुखाईमा ठूलो राहत भएको भन्दै बयान गर्ने गर्छन् ।

प्रतिकृया दिनुहोस्