Video

प्रियंकाले लगाएको मंगलसुत्र यसकारण विशेष, डिजाइनकर्ताले खुलाइन् रहस्य (भिडियो)

काठमाडौं । हालै नायिका प्रियंका कार्कीले धुमधामसँग विवाह गरिन् । नायक आयुष्मान देशराज जोशीसँग विवाह गरेकी हुन् । विवाह पछि कोरोनाका कारण लकडाउनको घोष्णा गरिएपछि उनको जोडी अहिले घरमै छ । फिल्मी कार्यक्रम सबै बन्छ छन् त्यसैले उनीहरु विवाह पछि किनेको आफुहरुको भैसेपाटी स्थित नयाँ घरमा बसेका छन्।

प्रियंका र आयुष्मानको प्रेम सम्वन्ध धेरै कारणले पहिल्यैदेखि चर्चा एवं गसिपको विषय बनिरहेको थियो । बैंकर रविना देशराजका छोरा आयुष्मान प्रियंकाभन्दा ६ वर्ष कान्छा हुन्।

विवाह पछि प्रियंकाले सार्वजनिक गरेका तस्बिरमा एउटा वस्तुलाई निकै फोकस गरिएको थियो । त्यो हो उनले लगाएको मंगलसुत्र । उनले हरेक तस्बिरमा आफुले लगाएको मंगलसुत्रलाई विशेष ख्याल गर्थिन । लाग्थ्यो उनले त्यो उनले प्रदर्शन गर्न चाहेकी छन् । उनले त्यसलाई विशेष महत्व दिएको प्रतित हुन्थ्यो । वास्तवमा के महत्व छ उनले लगाएको त्यो मंगलसुत्रको ? विवाह भएको धेरै समय पछि अहिले त्यसको चर्चा सुरु भएको छ।

उनले लगाएको त्यो मंगलसुत्र हगंकगंवाट मगाइएको थियो । त्यसको मुल्य एक लाख ५० हजार बताइएको छ । माया मंगलसुत्र नाम दिइएको त्यसको के बिशेषता छ ? सोही मंगलसुत्रकी डिजाइनकर्ताले त्यसको महत्ववारे बताएकी छन्।

प्रियंकालाई एकपटक उनको जन्मदिनमा आयुष्मानले टाँगामा राखेर शहर परिक्रमा पनि गराएका थिए । सामाजिक सञ्जालमा उनीहरुका अन्तरंग तस्वीरहरु लगातार आइरहे । फिल्म करिअर ओरालो लाग्दै गए पनि प्रियंकालाई यही लभ अफेयरले गसिपमा टिकायो।

सामाजिक सञ्जालमा चाहिँ यो जोडीलाई लिएर अनेक ट्रोल बन्दै आएका छन् । आयुष्मानलाई ‘चुसेको आप’को संज्ञा दिनेदेखि प्रियंकाको अघिल्लो श्रीमानसँगको तस्वीर र अन्तरवार्ताहरु सेयर गरेर फ्यानहरुले उनीहरुलाई जिस्क्याइरहे । तर, जति जिस्क्याए पनि प्रियंका(आयुष्मानको शैली फेरिएन । बरु उनीहरु ट्रोलमै रमाए र फन्डाहरुको सिलसिला जारी राखे।

बिहेको केही दिन अगाडि प्रियंका आफ्ना ५(६ जना साथीहरुलाई लिएर ‘ब्याचलर पार्टी’ गर्न थाइल्यान्ड पुगिन् । आयुष्मान पनि के कम ? उनले प्रियंकाका केटी साथीहरुकै पोज र ड्रेसअपमा आफ्ना केटा साथीहरुसित फोटोसेसन गरेर सार्वजनिक गरिदिए । विवाहको अघिल्लो दिन कोर्ट म्यारिज गर्नु पनि यो जोडीको ‘एटेन्सन सिकिङ’ कै प्रतिबिम्ब थियो।

जे होस्, यी सबै सिलसिलाहरुको पटाक्षेप गर्दै प्रियंका र आयुष्मान श्रीमान-श्रीमती बनिसकेका छन् । पहिलो वैवाहिक सम्वन्ध दुई वर्षको अल्पायूमै टुक्रिए पनि प्रियंकाको दोस्रो दाम्पत्य जीवन लामो समय टिकोस् भनेर धेरैले शुभकामना दिइरहेका छन्।

Related Articles

Back to top button
Close