News

२० हजार बढी कर्मचारीको प्रोत्साहन भत्ता कटौती

काठमाडौं, बैशाख २६ । सरकारले कोभिड–१९ बाट सिर्जित संकटमा प्रशासनिक खर्च कटौती गर्न दुई दर्जनभन्दा बढी सरकारी निकायका कर्मचारीलाई प्रोत्साहन भत्ता दिन बन्द गरेको छ ।

सरकारले औपचारिक निर्णयबिनै अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रपति कार्यालयसम्मका २० हजारभन्दा बढी कर्मचारीलाई प्रोत्साहन भत्ता दिन बन्द गरेको हो ।

ती कर्मचारीले वर्षौंदेखि न्यूनतम मासिक तलबको ५० देखि शतप्रतिशतसम्म प्रोत्साहन भत्ता पाउँदै आएका थिए । लकडाउनले सम्पूर्ण आर्थिक गतिविधि ठप्प भई राजस्व संकलनमा तीव्र ह्रास आएपछि रकम जुटाउन सरकारले प्रोत्साहन भत्ता कटौती गरेको आजको कान्तिपुर दैनिकमा खवर छ ।

Related Articles

Back to top button
Close