Thursday, January 21

माधव नेपालले राजदरवार ह त्या काण्डको छानविन गर्न किन मानेनन्? यस्तो रहेछ कारण

December 29, 2020 122

नेपालको शाहबंशीय इतिहासमा सबैभन्दा लोकप्रिय राजा वीरेन्द शाहको २०५८ साल जेठ १९ गते राजदरवारभित्र घटेको अकल्पनीय घटनामा ज्यान गयो । तत्कालीन राजा वीरेन्द्र मात्र होइन, उनको पूरै वंशनास भएको थियो ।

उक्त घट्नामा राजा वीरेन्द्र शाहसहित उनको परिवारका १० जना सदस्यको ह त्या भएको थियो जसलाई अझै पनि ‘दरबार ह त्या का ण्ड’का नामले चिनिन्छ ।

दरवार ह त्या का ण्ड को छानबिन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र तत्कालिन नेकपा एमाले नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो ।

तर लगत्तै माधव नेपाल त्यो समितिमा बस्न मानेनन् । उनले रातोपाटीसँग कुरा गर्दै २०७६ सालको गणतन्त्र दिवसमा यसको खुलासा गरेका थिए ।

माधव नेपालले त्यसताका रातोपाटीसँग भनेका थिए, ‘छानवीन आयोग बनाउने टुंगोमा पुगेपछि र त्यहाँ मेरो नाम पनि राखिएपछि मैले टाउको मात्र हल्लाएँ, विरोध गरिनँ । मैले ठानेको थिएँ, त्यसमा गिरिजाबाबु पनि रहनुहोला ।

तर पछि कांग्रेस नरहने म मात्रै रहने भएपछि म त्यसमा बस्न सहमत भइनँ । कांग्रेसको कोही नबस्ने, म मात्र बस्नुपर्ने हो भने त म फँ स्ने भइहालें नि, कांग्रेसले त जहिले पनि एमालेलाई औंला देखाइरहने भयो, यही हो, दरवारको रहस्य पत्ता लगाउन नसक्ने भनेर ।

त्यो पत्ता लाग्ने घटना नै थिएन । मान्छे म रि सकेको छ, मैले गरेको हुँ भनेर कसैले मान्नेवाला छैन । त्यसको आधारमा रिपोर्ट ल्याउँदा के हुन्छ? अतः म त्यसमा बस्न मानिनँ ।’

प्रतिकृया दिनुहोस्