Intresting

लकडाउनमा राजेश हमालको सन्तान बनाउने रहर

नेपाली फिल्म क्षेत्रमा महानायक राजेश हमाल एक अब्बल व्यक्ति हुन् । उनले सयौं फिल्ममा अभिनर गरेका छन् । पछिल्लो समय सामाजिक काम र केही टेलिभिजन कार्यक्रमहरुमा व्यस्त रहँदै आएका उनको पारिवारीक प्रसंगलाई समेत नेपाली मिडियाले समाचार बनाउने गरेका छन् ।

दर्शकहरु पनि हमालको व्यक्तिगत कुरा र पारिवारीक अवस्थाको वारेमा चासो राख्ने गरेका छन् । उनले मधु भट्टराईसँग विबाह गरेदेखी उनको पारिवारीक कुरा दर्शकले बढि चासो व्यक्त गदै आईरहेको छन् । विभिन्न कार्यक्रम तथा अन्य समारोहमा समेत राजेश हमालको पारिवारीक कुरालाई जोकस बनाउने गरेका छन् ।

हमालको सन्तान कहिले हुने । पहिले छोरा हुने की छोरी हुने । छोरा भए त अर्को हमाल बन्थ्यो होला । यस्तै कुरामा हाँस्य कलाकारहरुले समेत राजेश हमाललाई जोक्समा मुछिने गरेका छन् । पछिल्लो समय फिल्म निर्देशनको तयारी गर्दै गरेको बताउने हमालले समय भएपछि सन्तान पाउने बताउँदै आएका थिए ।

कतिपय कार्यक्रममा भने आफुले नभई मधुले सन्तान पाउने भएको हुदाँ मधुलाई सोध्नुपर्ने पनि उनले ठट्यौली रुपमा बताउने गरेका छन् । तर यो पटक हमाल गहिरो सोचमा परेको खबर फिल्मी फण्डालाई प्राप्त भएको ।

एउटा अनलाईनलाई अन्तर्वार्ता दिने क्रममा राजेह हमालले यो लकडाउनको समयलाई राम्रो खानेकुराहरु खाने र व्यायाममा समय बिताईरहेको बताएका थिए । सँगै उनले यो पटक सन्तान पाउने कुरामा चासो बढेको विचार पनि व्यक्त गरेका छन् ।

हमालको पारिवारी स्रोतका अनुसार हमाल दम्पत्तिले चिकित्सकसाग समेत परामर्श गरेको बुझिएको छ । लकडाउन सक्ने बितिकै नयाँ जोश र सूचना दर्शकलाई दिन चाहन्छु, हमाले भनेका छन् । त्यसको लागि पनि सन्तान मोह बढेको स्रोतको दाबी छ ।

चिकित्सकले यो पटक सकरात्मक प्रतिक्रिया दिएपछि हमाल दम्पत्ति उत्साहित भएको बुझिएको छ । हमाल यतिखेर मधुसँगै लकडाउन समय बिताईरहेका छन् ।

उनले दैनिक रुपमा भोज गरेका खाना र व्यायामको वारेमा भरै समाचारहरु बाहिरिएका छन् । तर परिवारीक चासोको वारेमा पहिलो पटक उनी बोलेका हुन् ।

Related Articles

Back to top button
Close