News

पारसको १२ लाख खाएको आरोप लागेपछि सोनिकाले यस्ताे भिनन् ।

काठमाडौं । नेपालमा अहिले लकडाउन जारी छ । यो बेला सहरमा बस्दै आएकाहरु गाउँ फर्केका छन् । यो बीचमा चर्चित युट्यबर सोनिका रोकाय पनि आफ्नो गाउँ फर्केकी छिन् । लामो समय रोकायको नाम पारस शाहसँग जोडेर चर्चा गरिएको थियो । केही दिन पहिले सोनिकाले पारसको १२ लाख पैसा खाएको भन्दै हल्ला गरिएको थियो ।

यस कुरालाई लिएर अहिले उनीहरुले रमाइलो गर्दै पनि आएका छन् । यस अघि पनि उनीहरुले आफुहरु एउटै कलेजमा अध्ययन गरेको हुँदा मिल्ने साथि मात्रै भएको बताउँदै आएका छन् । अहिले सोनिका बझाङमा छिन भने पारस चाँही पोखरामा भएको बताइन्छ । सोनिकाले गाउँ पुग्दाका रमाइला तस्वीर आफ्नो फेसबुकमा सेयर गरेकी छिन् । पारस भने अचेल फेसबुकमा लाइभ धेरै आउँने गरेका छन् । सोनिकाले एक स्टाटसमा केही तस्वीर राखेर १२ लाख प्रकरणबारे ब्याङ्ग्य उडाएकी छिन् । उनका केही तस्वीर तल हेर्न सक्नुहुन्छ ।

काठमाडौं । पूर्वयुवराज पारस शाह र एक जना युट्युवर तथा मोडल सोनीका रोकायबीचको सम्बन्धको चर्चा सामाजिक सञ्जालमा केही समय देखि नै चर्चामा छ । हरेक यात्रामा उनीहरु संगै हुनु र पारसलाई नै लिएर सोनीकाले भिडियो सामग्री समेत बनाउनु पनि त्यो चर्चालाई मलजल गर्ने माध्यम बनेको छ । पोखरामा उनीहरु संगै रहेको भिडियो टिकटक मार्फत कसैले सार्वजनिक गरिदिएपछि उनीहरुको सम्बन्धका बारेमा चर्चा सुरु भएको हो । त्यस पछि पनि सोनीका आफैले पारससंगको भिडियो टिकटकवाट सार्वजनिक गरिन् ।

अहिले पोखरामा रहेका पूर्वयुवराज पारसले आइतवार राति एउटा एटाटस लेखे । जसमा उनले आफ्नो सम्बन्ध विच्छेद भएको जनाएका छन् । तर त्यसमा को संग कस्तो सम्बन्ध विच्छेद भन्ने कुरा खुलाएनन् । उनले सो स्टाटस लखेको दुई घण्टामानै निकै धेरै कमेन्टको ओइरो लाग्यो । उनले यो रात छिनछिनमा स्टाटस अपडेट गरेको देखिन्छ ।सामाजिक सञ्जाल फेसवुकमा उनले पोखरामा रहेको पनि पुष्टि हुने भिडियो सार्वजनिक गरेका छन् । जसमा उनी निकै खुसी देखिन्छन् । सम्बन्ध विच्छेद भयो भनेर लेखेको स्टटासमा आएका थुप्रै कमेन्टहरुको जवाफमा उनले फेरी दुई घण्टा पछि अर्को स्टाटस लेखेका छन् ।

तर अहिले पछिल्लो समय भने उनीहरुको चर्चा हुने कारण फरक छ । एउटा अनलाईनमा ‘सोनीकाले पटक पटक गरी पारसको एटिएमवाट १२ लाख रुपैया निकालेपछि’ भन्ने शिर्षक राखेर सामाचार सार्वजनिक गरेको छ । सोही समाचारका कारण अहिले फेरी उनीहरुको विषयमा सामाजिक सञ्जालमा चर्चा भएको छ । त्यो समाचारलाई पारस र सोनिका दुवैले आफ्नो सामाजिक सञ्जाल इन्ट्रामा राखेर प्रतिकृया दिएका छन् । उनीहरुले आफुहरुको कसरी यसरी वदनाम गरिरहेको छ भन्ने आशयको भनाई राखेका छन् ।

उनले आफुले लेखेको त्यो स्टटासमा धेरै ब्यक्तिले खुसीको प्रतिकृया स्वरुप स्टाटस लेखेको भन्दै आश्चर्य ब्यक्त गरेका छन् । राती १२ वजे देखि ३ वजेको बिचमा उनले ८ वटा स्टाटस लेखेका छन् । उनले सो स्टाटस मार्फत सोनिकासंगको सम्बन्धमा पूर्ण विराम लागेको बताएका हुन् वा अरु कसैसंग खुलाएका छैनन् । उनको सो स्टाटस पछि सामाजिक सञ्जालमा विभिन्न अनुमान लगाइएको छ ।

Related Articles

Back to top button
Close