News

५० रुपैयाँ दिएर १५ वर्षिया किशोरी ब’ला’त्कार गर्ने ६८ वर्षीय बृद्धले घटना मिलाउन दिए १० लाख !

कैलाली, २६ बैशाख । कञ्चनपुरमा १५ वर्षकी किशोरीलाई ५० रुपैयाँ दिएर ब’ला’त्कार गर्ने ६८ वर्षका वृद्ध पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेलाका तारादत्त जोशीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो ।

किशोरीलाई ५० रुपैयाँ दिई ब’ला’त्कार ती वृद्धले घटना सार्वजनिक नगर्न भन्दै पीडित पक्षलाई १० लाख रुपैयाँ दिएको प्रहरीले बताएको छ । पीडित पक्षलाई दिएको १० लाख रुपैयाँको चेकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता रवीन्द्र पौडेलले घटनाबारे अनुसन्धान भइरहेको बताए । वैशाख २ गतेको घटना ढिला गरी प्रहरीसमक्ष पुगेको हो ।

Related Articles

Back to top button
Close