News

इरफानको निधन भएको केहि दिन नहुँदै खुल्यो मनै रुवाउने एउटा घट्ना, ४ दिन अगाडी यदि आमाको मृ’त्यु नभएको भए …..

भारतीय अभिनेता इरफान खानले आमा सइदा बेगमलाई फिल्म ‘नेमसेक’को प्रिमियरमा लिएर गएका थिए। फिल्म मन नपराउने कोही थिएनन्। अभिनेत्री शर्मिला टैगोरले त फिल्म हेरेपछि इरफानलाई भनेकी थिइन्, ‘तिमीले आमाबुबालाई जन्म दिएकोमा धन्यवाद भन्नू।’ फिल्मको साराले तारिफ गरे पनि इरफानकी आमालाई भने मन परेन। उनले निर्देशक मिरा नायरसँग गुनासो गरिन्– ‘मा’र्नलाई तिमीले मेरो छोराबाहेक कोही भेटिनौ ?’ पर्दामा हेर्न सकस भएको त्यो दृश्य वास्तविक जीवनमा पनि सइदाले हेर्नु परेन। उनी छोराभन्दा चार दिनअघि नै यो दुनियाँ छाडेर गइन्। इरफानको जीवनी ‘इरफान खानः द म्यान, द ड्रिमर, द स्टार’मा लेखक असीम छाबडाले विभिन्न प्रसंगमा इरफान र आमाको सम्बन्ध उल्लेख गरेका छन्।

जयपुर, टोंकमा हुर्किएका इरफानलाई बाल्यकालमा फिल्म हेर्ने अनुमति थिएन। आमाबाबुले उनीहरूलाई कहिल्यैहलमा लिएर गएनन्। बुबाले इरफानलाई बरु शिकार खेलाउन जंगल लैजान्थे। आमाको यसमा पनि आपत्ति हुन्थ्यो। यही विषयमा यी दुईको झगडा पनि हुन्थ्यो। बालक इरफानलाई राइफल चलाउन त रमाइलै लाग्थ्यो, तर जनावर मा’र्न माया लाग्थ्यो। माछामासु पनि त्यति रुचाउँदैनथे।

इरफानलाई चंगा उडाउन खूब मन पथ्र्याे। तर, सात वर्षको उमेर चंगा उडाउँदा छतबाट लडेर हात भाँच्चियो। त्यसपछि उनलाई यो खेलमा पनि बन्देज लाग्यो।

उनका काका कहिलेकाहीँ जयपुर आउँथे। केटाकेटीलाई फिल्म हेराउन लैजान्थे। इरफानलाई रेखा र नभिन निश्चोल अभिनीत ‘धर्मा’ र दिलिप कुमारको ‘नयाँ दौर’ हेरेको सम्झना छ। फिल्म हेर्दा उनको सम्पूर्ण ध्यान कलाकारको अभिनयमा हुन्थ्यो। फिल्म हेरुञ्जेल र हेरिसकेपछि उनलाई के गरेको होला, कसरी गरेको होला भन्ने प्रश्नले सताइरहन्थ्यो।

किशोरवयमा दुई फिल्मका सुटिङले इरफानलाई ती प्रश्नको मोटामोटी जवाफ दिलायो। उनले अमिताभ बच्चन र रेखा अभिनीत ‘गंगाकी सौगन्ध’ र जितेन्द्र र रेखा अभिनीत ‘जलमहल’ को सुटिङ हेर्ने मौका पाए। ‘जलमहल’ सुटिङका क्रममा उनले देखे– निर्देशकले जितेन्द्रलाई जे–जे गर्नू भनिरहेका छन्, उनी त्यही–त्यही गरिरहेका छन्। त्यो दिन उनलाई लाग्यो, ‘ए यसरी सिकायो भने त म पनि सकिहाल्छु नि।’ कलाकार बन्ने यात्रामा उनले आफ्नै रूपरंगलाई सबैभन्दा ठूलो बाधा मानेका थिए। पर्दामा जतिलाई ख्याल गरेका थिए, एकसेएक सुन्दर थिए। तर, एक दिन मिथुन चक्रवर्तीलाई मृणाल सेनको ‘मृगया’मा देखेपछि उनले सदाका लागि रूपरंगको दुविधाबाट मुक्ति पाए।

राजस्थान युनिभर्सिटीमा ड्रामाटिक आट्र्समा दुई वर्षको कोर्स गरेपछि इरफानले दिल्लीको नेसनल स्कुल अफ ड्रामा (एनएसडी) को बाटो तताए। दिल्ली जाने बेलामा पनि सइदा छोराको निर्णयबाट खुशी थिइनन्। सकभर छोरो जयपुर छेउछाउ नै जागिर खाएर बसोस् भन्ने चाहन्थिन्। केही नलागेपछि इरफानले दिल्लीको पढाइसकेपछि जयपुरै फर्केर आउने वाचा गरेका थिए। त्यसपछि मात्र सइदा उनलाई बिदा गर्न राजी भएकी थिइन्।

इरफानको चरित्र निर्माणमा आमाको ठूलो योगदान थियो, तर आमा–छोराबीच सानोतिनो ‘ग्याप’ हमेसा रह्यो। इरफान आमाको नजिक हुन खोज्थे। त्यो प्रयास अन्तिममा झगडामा गएर टुंगिन्थ्यो। उनी सधैँभरि आमालाई खुशी बनाउने प्रयत्नमा रहन्थे। आफ्नो काममा उनको सहमतिचाहन्थे, तर कहिल्यै पाएनन्। बरु हजुरआमा उनको समर्थन गर्थिन्। बुबासँग पनि इरफानको सम्बन्ध सहज थियो, तर बुबासँग लामो समय बिताउन पाएनन्। उनी १८ वर्षको हुँदा बाथरुममा लडेर बुबाको मृत्यु भएको थियो।

जयपुरमा इरफान निसास्सिएका थिए। दिल्लीमा उनले पखेटा फिँजाउने मात्र होइन,वेग मार्ने ठाउँपनि भेटे। होस्टेलको सबैभन्दा पल्लो छेउको साँघुरो कोठामा एक्लै बस्थे तर अध्ययनमा लगनशील थिए। एनएसडीमा विद्यार्थीहरू उसबेलाका चल्तीका अभिनेता–अभिनेत्री नसिरुद्दिन शाह, ओम पुरी, सबाना आजमी, स्मिता पाटिललाई आदर्श मान्थे। इरफानका आदर्श भने नसिरुद्दिन शाह थिए। जुन दिनदेखि उनले शाह पनि एनएसडीकै विद्यार्थी भएको चाल पाएका थिए, त्यही दिनदेखि उनलाई आफ्नो आदर्श मान्न थालेका थिए। यो कुरा सहपाठीलाई मात्र होइन, आमा सइदालाई पनि थाहा थियो। त्यसैले उनी इरफानलाई बेला–बेला व्यंग्य गर्थिन्, ‘तँ नसिरुद्दिन शाहको नक्कल गरिरहेको छस्। हेर्, ऊ कहाँ छ अनि तँ कहाँ ?’पछि शाहले सइदाले इरफानलाई आफूसँग दाजेर व्यंग्य गर्ने गरेको थाहा पाएपछि भनेका थिए, ‘आमालाई मेरो सलाम सुनाइदिनू। आखिर म त्यति खराब उदाहरण पनिरहेनछु।’

इरफानको पहिलो फिल्मको किस्सा मुटु बिझाउने खालको छ। ‘सलाम बम्बे’मा उनले एकचोटि होइन, दुई–दुई चोटि चोट खाएका थिए। अमेरिकामा बसेर फिल्म बनाउने मिरा नायरले मुम्बईका सडक बालबालिकाको कथामा फिल्म बनाउने सुर कसेर कास्टिङ सुरु गरेकी थिइन्। यसका लागि उनको गन्तव्य एनएसडी पनि थियो। पहिलो दिनै मिराको नजर इरफानमा अडियो। तर, उनी केही नभनी फर्किइन्। भोलिपल्ट फेरि गइन्। दोस्रो दिन चाहिँ उनले इरफानसँग कुरा गरिन् र ‘थिएटर वर्कसपमा सहभागी हुन्छौ ?’ भनेर सोधिन्। वर्कसप ठीकठाक भएमा ‘सलाम बम्बे’मा काम गर्ने अवसर पाइने कुरा पनि उनले लुकाइनन्। यतिबेलासम्म इरफानका खुट्टा दिल्लीमा थिए, मन भने मुम्बईमा थियो।

उनले नाइँनास्ति गर्ने कुरै थिएन। उनी मुम्बई गए र वर्कसपमा सहभागी भए। मिराले उनलाई फिल्मभित्र सलिमको रोलका लागि सोचेकी थिइन्। तर, पछि कास्टिङ गर्दै जाँदा असुहाउँदिला देखिए। उनीसँगै छानिएका अधिकांश बच्चा सडकबालक थिए र कुपोषणका कारण मरन्च्याँसे थिए। मिराहृदयदेखि नै इरफानलाई फिल्म खेलाउन चाहन्थिन्, तर सम्पूर्ण टिमले छलफल गर्दा उनी भनेको रोलमा उपयुक्त देखिएनन्। सुटिङ सुरु हुनुदुई दिनअघि मिराले उनलाई भनिन्, ‘इरफान भाइ, जम्मा एउटा सिन बाँकी छ। अहिले त्यो गर। म ऋणी रहनेछु।’ जवाफमा इरफानले हुन्छ भनेर टाउको हल्लाए। तर, त्यो रात उनले रोएरै कटाए।

योउनले खाएको पहिलो चोट थियो। दोस्रो चोट खान बाँकी नै थियो। अलि लामो रोल नपाएपछि उनले एक दृश्यको फिल्मको मुख्य पात्रका लागि चिठी लेखिदिने भूमिका पाएका थिए। तर, यो भूमिका पनि फाइनल कटमा रहेन। फाइनल कटमा नरहेको दृश्य युट्युबमा उपलब्ध छ, जहाँ इरफानले त्यही एक दृश्यमा पनि प्रभावशाली अभिनय गरेका छन्। रिलिजपछि फिल्मले उधुम प्रशंसा पायो। फिल्म भारतबाट ओस्कारमा विदेशी भाषातर्फको उत्कृष्ट फिल्मको मनोनयमा पर्ने दोस्रो फिल्म भयो। यसअघि ‘मदर इन्डिया’ ओस्कारको दौडमा अन्तिम पाँचमा पुगेको थियो भने पछि ‘लगान’ पनि अन्तिम पाँचको सूचीमा अटाएको थियो।

यसको १८ वर्षपछि उनै मिरा नायरले पहिलाको ऋण तिर्न इरफान र तब्बुलाई लिएर ‘नेमसेक’ बनाइन्। विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शित हुँदै–हुँदै फिल्म मुम्बईमा पनि प्रिमियर भयो। त्यो दिन इरफानले आमालाई पनि फिल्म हेराउन लिएर गएकी थिइन्।

इरफानले सइदालाई फिल्म कस्तो लाग्यो भनेर सोधे। सइदाले भनिन्, ‘फिल्मको निर्देशक खै ? बोला उसलाई।’ उनले भीडमा रहेकी मिरालाई खोजेर ल्याए। सइदाले मिरासँग रिसाउँदै भनिन्, ‘फिल्ममा मार्नलाई मेरो छोराबाहेक अरू कोही भेटिनौ ?’ आमाको माया देखेर मिरा नायर दिल खोलेर हाँसिन्।

अनुवादः सामीप्यराज तिमल्सेना सम्पूर्णबाट

Related Articles

Back to top button
Close