Sunday, February 28

सावधान ! नेपाल भित्रियो नयाँ कोरोना भाइरस, ३ जनामा पुष्टि

January 18, 2021 121

काठमाडौ । नयाँ प्रकारको कोरोना भाइरस नेपाल भित्रिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै उक्त कुरा पुष्टि गरेको हो । नेपालमा हाल ३ जनामा उक्त भाइरस देखिएको छ ।

पुष्टी भएका तीनै जनाको स्वाव बिश्व स्वास्थ्य संगठनको सहयोगमा परिक्षणका लागि पौष २७ गते हंगकंग पठाइएको छ ।

नेपालमा यस्तो किसिमको भाइरस पत्ता लगाउने प्रविधि भित्रिएको छैन । पिसिआर टेष्टले भाइरसको यो प्रजाति भनेर यकिन गर्न नसकिने विज्ञहरु बताउँछन् ।

तीन जना मध्ये २ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आइसकेको छ भने एक् ६७ बर्षिय को रिपोर्ट भने अहिलेसम्म पोजेटिभ नै छ ।

मन्त्रालयले खोप उपलब्ध नहुन्जेल कतै जानुपरे स्वास्थ्य सावधानी कायम राख्ने र आफ्नो हातलाई सफा राख्ने र मानिसहरुबिच २ मिटरको दुरी कायम राख्न आग्रहर गरेको छ ।
तर, नेपालमा खोप महिले आउँछ र सर्वसाधारणलाई कुन मितिमा उपलब्ध हुन्छ भन्ने अहिलेसम्म यकिन भएको छैन ।

प्रतिकृया दिनुहोस्