Tuesday, March 2

अक्षय कुमार र ट्विंकल खन्ना को २० औं वैबाहीक वर्षगाँठ, दुवैले एकअर्काको लागि लेखे भावुक स्टेटस्

January 18, 2021 354

एजेन्सी – बलीउडका खेलाडी अक्षय कुमार र ट्विंकल खन्नाको वैबाहीक वर्षगाँठको आज २० वर्ष पुरा भएको छ । यो अवसरमा अभिनेताले आफ्नो श्रीमती ट्विंकलकोलागी मायाले भरिएको भावुक स्टेटस् लेखेर आफ्ना सबै फ्यानहरुको मन जीतेका छन् । उनले यसै अवसरमा श्रीमती ट्विंकललाई धेरै बधाई तथा शुभकामना पनि दिएका छन् ।

अक्षयल सामाजिक सञ्जालमा आफ्नो र ट्विंकलको फोटो पनि शेयर गरेका छन् । उक्त तस्वीरमा दुवैको मुहारमा एउटा सुन्दर मुस्कान पनि देखिएको छ । ट्विंकल र आफुसंगै भएको तस्वीरलाई सामाजिक सञ्जालमा शेयर गर्दै अक्षयले लेखेका छन्,‘सबैभन्दा संदिग्ध जीवनसाथी जस्मा म छु । हाम्रो यो यात्राको २० औं वर्ष पुरा भएको छ ।

र तिमी आज पनि मेरो मुटुमा धड्किन्छौ । कहिले काहीँ मलाई सताउँछौं । यस्का बाबजुद पनि म अरु कसैलाई चाहादिन । न यो जुनीमा चाहान्छु नै । किनकी जब तिमी मेरो साथमा हुन्छ तब मेरो मुहारको खुशी धेरै टाढा हुँदैन । वैबाहीक वर्षगाँठको शुभकामना टीना ।’ श्रीमान अक्षय कुमारको उक्त पोष्टमा प्रतिकृया दिंदै ट्विंकल खन्नाले पनि आफ्नो मायालाई देखाएकी छन् ।

उनले अक्षयले पोष्ट गरेको स्टेटस्मा कमेन्ट गर्दै लेखेकि छन्,‘यो साझेदारीको यात्रामा तिमी नै निकै सुन्दर र तिमी नै मटमैल हौ । म त योपनि भन्न सक्दिन कि म समझदार श्रीमती हुँ । किनभने तिमी मभन्दा धेरै नै समझदार छौ । हामीलाई पुर्ण हुनमा एकअर्काको आवश्यकता पर्दैन । तर हामी एकअर्काको साथमा सधैं रहन चाहान्छौं । सायद यो यसै तरिकाले हुनु थियो । तिमीलाई पनि वैबाहीक वर्षगाँठको धेरै शुभकामना मिस्टर के’

प्रतिकृया दिनुहोस्