Intresting

सुपरस्टार महेश बाबूको पारिश्रमिक कति ? सुनेर अचम्म नहुनुहोला !

साउथ फिल्म भन्नासाथ एउटा नाम जोडिन्छ महेश बाबु । दर्जनौँ सुपर डुपर फिल्ममा अभिनय गरेर करोडौँ दर्शकका फ्यान बनेका छन् उनी । उनले अभिनय गरेका चलचित्र उनको नाम मात्रैले पनि चल्छन् । उनको नाम जोडिने बित्तिकै दर्शकहरु यत्तिकै पनि हलमा पुग्छन् । यो सबै जान्दछन् कि साउथ फिल्मका सुपरस्टार महेश बाबूका प्रशंसकहरूको संख्या ठूलो छ । यसकारण, उनी धेरै प्रतिष्ठित ब्रान्डको अनुहार पनि हुन् ।

प्रशंसकको ठूलो जमातकै कारण उनी दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने अभिनेता पनि हुन् । उनी अहिलेको समयमा एक फिल्ममा काम गर्नका लागि १८ देखि २० करोडसम्म पारिश्रमिक बुझ्ने गर्दछन् ।यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘महर्षि’ मा अभिनेता महेश बाबूको अभिनयले दर्शकको मन जितेको थियो । यही कारण फिल्म पनि बक्सअफिसमा सुपरहिट सावित भयो । उनको उम्दा अभिनयको एक सानदार उदाहरण फिल्म ‘भारत एएन नेनु’ हो, जहाँ उनले अभिनयबाट दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । उनका ब्याक टू ब्याक फिल्म बक्सअफिसमा हिट भइरहेका छन् ।

उनको अभिनयले सधैं दर्शकमा ग*हिरो प्रभाव पैदा गर्न सफल रहने गर्दछ । महेश बाबू सबैभन्दा ठूला र सबैभन्दा सफल तेलुगू फिल्म स्टारसँगै भारतमा पनि निकै लोकप्रिय छन् । उनी अभिनीत फिल्महरु हिन्दीमा डब भएर युट्युबमा प्रदर्शन हुने गरेका छन् । नेपालमा पनि उनको लोभलाग्दो क्रेज छ । हिन्दी डब भएका उनका फिल्म नेपाली दर्शकले निकै रुचाउँदै आएका छन् । सन् १९७५ अगष्ट ९ मा चेन्नई, तमिलनाडुमा जन्मिएका उनको फिल्मी सफर बाल्यकालदेखि नै सुरु भएको थियो ।

तर, उनलाई २००३ मा आएको फिल्म ‘ओकाडू’ बाट सफलता मिल्यो, जसमा उनले कबड्डी प्लेयरको भूमिका निर्वाह गरेका थिए । यो फिल्मको सफलतापछि उनले आफ्नो करिअर कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । उनी करीब १२७ करोडको प्रोपर्टीका मालिक हुन् ।(फिल्मीखबरबाट)

Related Articles

Back to top button
Close