News

नेपाली भूमि मिचेको भारतसँग जानकारी मागेर मात्रै बस्ने कि यो मि’चाहा प्रवृत्तिको प्र’तिवाद गर्ने ?

काठमाडौं : नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको लचकता देखाउँदा समेत भारतले एकतर्फी रूपमा यस्तो सडक निर्माण गरेको हो।

उक्त सडक निर्माणपछी सामाजिक संजालमा चर्को बिरोध गरिएको छ । यसै बिषयमा नेपाली कांग्रेसका नेता गगन थापाले सरकारसँग भारतले नेपाली भूमि मिचेको जानकारी मागेर बस्ने कि यो मिचाह प्रवृत्तिको प्रतिवाद गर्ने ? भन्ने प्रश्न गरेका छन् । नेपालको भूमि हुँदै भारतले सडक निर्माण गरेको नेपालीले भारतीय सञ्चार माध्यमबाट थाहा पाउनुपर्ने हाम्रो कस्तो राज्य संयन्त्र हो भन्दै उनले नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणाम भारतले निरन्तर हेपिरहेको उनले बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई मेन्सन गर्दै भारतको रवैया वि’रुद्ध कडा प्रतिवाद गर्नुपर्ने बताएका हुन् । उनले लेखेका छन् ‘हाम्रो भूमि हुँदै सडक निर्माण गरेको कुरा भारतीय सञ्चार माध्यमबाट थाहा पाउने हाम्रो कस्तो राज्य संयन्त्र ? नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणाम हो यो। अब पनि जानकारी मागेर मात्रै बस्ने कि यो अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने ?’

Related Articles

Back to top button
Close