Video

बाबुराम भट्टराईले यति ठूलो भ्रष्टाचार गरेको खुलासा !

डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले काठमाडौँको १ सय ७४ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गरेको खुलासा भएको छ । मातातीर्थको वडा नं. १ ख कित्ता नम्बर २ सय ४३ भनेर सरकारी कागजातमा जनाइएको चार रोपनी १० आना जग्गा नेपाल ट्रस्टको हो । तर त्यो जग्गा अहिले राजेन्द्रविक्रम बानियाँको नाममा छ । त्यस्तै थानकोट महादेवस्थानमा कित्ता नम्बर ३६ को ६ रोपनी १० आना नेपाल ट्रस्टको जग्गा कृष्णबहादुर बस्नेतको नाममा रहेको मालपोत कार्यालय कलंकीको अभिलेखमा छ ।

थानकोट, मातातीर्थ र सतुंगलमा ७८ वटा कित्तामा रहेको नेपाल ट्रष्टको १ सय ७४ रोपनी मूल्यवान जग्गा मोहीका नाममा व्यक्तिको नाममा कायम गरिएको छ । व्यक्तिका नाममा दर्ता गरिएका अधिकांश जग्गामा अहिले निजी घर बनिसकेका छन् । २०६९ भदौ २५ गते मन्त्रिपरिषदको निर्णय अनुसार ट्रष्टको जग्गा व्यक्तिको नाममा कायम गरेको मालपोत कार्यालयको भनाइ छ ।

२०६९ भदौ ११ गते मन्त्रिपरिषदमा नेपाल ट्रस्टका नाममा दर्ता भएका तत्कालीन राजपरिवारका सदस्यको नाममा रहेका साविकका फर्मायसी विर्ता जग्गा सम्बन्धित मोहीका नाममा दर्ता गर्ने प्रस्ताव पेश भएको देखिन्छ ।

प्रधानमन्त्री कार्यालयले पेश गरेको प्रस्तावमा विधेयक समितिको निर्णय अनुसार गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो । त्यतिखेर बाबुराम भट्टराई प्रधानमन्त्री थिए । नेपाल ट्रष्ट ऐनले ट्रष्टको जग्गाको स्वामित्व मन्त्रिपरिषद्को निर्णयबाट हस्तान्तरण गर्न मिल्ने अधिकार दिएको छैन । भट्टराईले कानुनविपरीत किन निर्णय गरे ?

व्यक्तिको नाममा कायम गरिएको ट्रष्टको १ सय ७४ रोपनी जग्गालाई अहिले करिब तीन अर्ब रुपैयाँ पर्छ । यसबारे प्रधानमन्त्री कार्यालय र भूमि व्यवस्था मन्त्रालयले नेपाल ट्रष्टलाई अझै जानकारी गराएका छैनन् । नेपाल ट्रष्टले पनि आफ्नो जग्गाको संरक्षणमा चासो दिएको छैन ।

यसले स्वार्थ समूहले मन्त्रिपरिषदसम्मै प्रभाव पारेको र राज्यको सम्पत्ति विभिन्न नाममा निजीकरण गर्ने प्रवृत्ति बेथितिकै रुपमा मौलाएको प्रस्ट देखाउँछ । स्रोत: कान्तिपुर टिभी

 

Related Articles

Back to top button
Close