News

वीरगञ्जको रेशमकोठीबाट २३ किलो सुन र दुई किलो चाँदी बरामद

वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३ किलो २५७ ग्राम सुन बरामद गरेको हो ।

वीरगञ्ज महानगरपालिका ४ रेशम कोठीमा रहेको श्रीगणेश अपार्टमेन्टको तेश्रो तलाको ३०३ नम्बरको फ्लाइटमा लुकाईछिपाई राखिएको अवस्थामा करिब २३ किलोग्राम सुन र २ किलो २६२ ग्राम चाँदी बरामद गरेपछि जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरिँदै । बरामद गरिएको सुन तथा चाँदी सार्वजनिक गर्दै पर्सा प्रहरी प्रमुख गंगा पन्त । तस्वीर ः वीरेन्द्र कर्ण÷रासस
भारत, विहारको रक्सौलस्थित हरैया निवासी अशोक सिन्हा बस्दै आएको फ्ल्याटमा अवैध सुन राखिएको पूर्वसूचनाका आधारमा कारबाही गर्दा एक किलो सय ग्रामलगायत विभिन्न तौलका २३ किलोभन्दा बढी सुन र दुई किलो २६२ ग्राम चाँदीका भाँडा बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रउ पन्तले बन्द फ्ल्याटको दुई दिनसम्म निगरानी गरिए पनि कोही नआएपछि आज जनप्रतिनिधिको रोहबरमा ताल्चा फुटाई जाँच गर्दा उक्त परिमाणका सुन र चाँदी बरामद भएको बताउनुभयो ।

सोक्रममा केही सुनसंँगै जोडिएका केही कागजातसमेत बरामद भएको र अनुसन्धान भइरहेको जनाइएको छ ।

वीरगञ्ज महानगरपालिका ४ रेशम कोठीमा रहेको श्रीगणेश अपार्टमेन्टको तेश्रो तलाको ३०३ नम्बरको फ्लाइटमा लुकाईछिपाई राखिएको अवस्थामा करिब २३ किलोग्राम सुन र २ किलो २६२ ग्राम चाँदी बरामद गरेपछि जिल्ला प्रहरी कार्यालय परिसरमा सार्वजनिक गर्दै । तस्वीर ः वीरेन्द्र कर्ण÷रासस

Related Articles

Back to top button
Close