News

विश्व यु’द्धबाट उदायको मोटरसाइकललाई ट’क्कर दिन जावालाई कति सहज

काठमाडौं । ‘मोटरसाइकलमा घुम्नलाई जाउँकान्छी पछाडि बसेर बुलेट बाइकमा’ चलचित्र प्रेम गितमा रहेको यो गित धेरै युवाको मन जित्न सफल भएको थियो । यहि गीतलाई हेर्ने हो भने पनि रोयल इन्फिल्डको मोटरसाइकल नेपालमा कति चर्चित छ भन्ने प्रमाण अरु खोज्नु पर्दैन ।

दोस्रो विश्व युद्धमा वेलायती सैनिकले प्रयोग गरेसँगै रोयल इन्फिल्डका उत्पादनहरुले विश्व बजारमा निकै चर्चा कमाएको थियो। अहिले रोयल इन्फिल्डको स्वामित्व भारतको आइसर मोटर्स कम्पनीसँग रहेको छ। आइसर मोटर्सको सहायक कम्पनी इन्डियन मद्रास मोट र्सले रोयल इन्फिल्ड उत्पादन गर्दै आएको छ । कुरा गरौ जावाको, जावा चेक रिपब्लिकको ब्राण्ड हो ।

आइकोनिक क्लासिक मोटरसाइकल उत्पादनमा महा रथ हासिल गरेको जावा पछिल्लो समय उत्पादन बन्द अवस्थामा थियो । भारतीय अटो उद्योग पति आनन्द महिन्द्राले जावाको सेयर खरिद पछि सन् २०१८ बाट भारतमा यसको उत्पादन सुरु भएको हो । पहिला जावाका मोटरसाइकल चढ्ने धेरै मानिसको सपना हुने गथ्र्यो । विशेषत देब्रेभागमा रहने गियर लिभर र क्लच बिना स्टार्ट नहुने यूनिक पद्धति यसले अपनाएको थियो ।

दुबै कम्पनीको विशेषता क्लासिक मोटरसाइकल हुनुले यी दुईको प्रतिस्पर्धा विगतमा पनि रोचक थियो । नयाँ व्यवस्थापन सँगै भारतीय कम्पनीले नै दुबै ब्राण्डको स्वामित्व लिएकाले दक्षिण एसियामा यी दुईको प्रतिस्पर्धालाई धेरै अटो पण्डितहरुले नियालिरहेका छन् ।अहिलेपनि उत्पादन क्षमताका आधारमा रोयल इन्फिल्ड र जावा बीचमा कुनै प्रतिस्पर्धा छैन । रोयल इन्फिल्डले मासिक १ लाख यूनिट हाराहारी रहेको छ भने जावाको उत्पादन क्षमता १५ हजार हाराहारीमा मात्रै रहेको छ ।

के होला नेपालमा ? विशेषत यी दुबै कम्पनीका मोटरसाइकल नेपालमा महंगो मूल्य पर्ने मोटरसाइकल हुन् । यस्ता मोटरसाइकल अहिले नेपालमा वार्षिक ४ हजार यूनिट हाराहारीमा बिक्री हुँदै आएका छन् । विशेषत सबै यूनिट रोयल इन्फि ल्डले बिक्री गर्दै आएको थियो । दशैंको नजिक पारेर जावाले नेपालमा आफ्नो बिक्री सुरु गरेको छ ।

सुरुवाती दिनमा धेरै मानिसले यसलाई निकै चासो दिएर हेर्दै आएकाले यसले नेपालमा राम्रै बजार पाउने आँकलन सुरु भएको छ । दुगर्ड ग्रुप अन्तर्गतको विवेक अटोमोवाइलले बिक्री गर्दै आएको रोयल इन्फिल्डका उत्पादन र अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइन्कले बिक्री गर्दै आएको जावाका मोटसाइकल बीच कडै टक्कर हुने देखिन्छ ।

अहिले रोयल इन्फिल्डले नेपालमा विभिन्न ४ मोडलका क्लासिक ३५०, एलेक्ट्रा, हिमालयन र इन्टरसेप्टरको बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने क्लासिक ३५० सँग भने जावा मोटरसाइकलको जावा र जावा ४२ मोडलले सिधा प्रतिस्पर्धा गर्ने देखिएको छ । यस्तोमा दुई क्लासिक मोटरसाइकल बीचको प्रतिस्पर्धा निकै रोचक हुने पक्का पक्कि मान्न सकिन्छ । मेरो अटोवाट

Related Articles

Back to top button
Close