News

आज फेरी कपिलवस्तुको एक होटलमा घट्यो यस्तो घटना !!!

कपिलवस्तु, २७ बैशाख ।कपिलवस्तु नगरपालिका–१ आनन्दबागस्थित होटल एरोमा इनमा एक जना भारतीय मृत अवस्थामा फेला परेका छन ।२ महिनादेखि उक्त होटलमा बस्दै आएका भारतको राजस्थानका ६० बर्षीय निर्भय सिंह मृत अवस्थामा फेला परेका हुन ।

शनिवार बिहान ११ बजेतिर होटलमा उनी मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताउनुभयो ।घटना स्थलमा प्रहरी पुगेर मुचल्का बनाएको र शवलाई कपिलवस्तु अस्पतालमा पोस्टमर्टमका लागि लैजाने तयारी भएको उहाँले बताउनुभयो ।

कामको सिलसिलमा मृतक सिंह होटलमा बस्दै आएका थिए । यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताउनुभयो । (News24 Nepal बाट )

Related Articles

Back to top button
Close