Video

भारत बि रुद्द देशको लागि नि डर भएर बोल्दा बोल्दै एसरी क ब्जा गर्यो पुर्बजर्नेललाई (भिडियो हेर्नुस्

काठमाडौं : नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विरोध गर्दै पत्रकार सम्मेलन गरिरहेका नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय धुम्बाराही सामुन्‍ने शंकपार्कमा लिपुलेकमा भारतीय अति क्रमणबारे पत्रकार सम्मेलन गरिरहेका बेला प्रहरीले दुवैलाई प क्राउ गरेको हो।

पक्राउ परेका दुवैजनालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जमा राखिएको छ। आफूहरु प क्राउ परेको जानकारी बस्न्यातले पत्रकारहरुलाई दिएकाछन्। ‘नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विरोधमा पत्रकार सम्मेलन गरिरहेका थियौँ’, उनले भनेका छन्, ‘तर तत्कालै आएका प्रहरीले भारतको विरोध नगर्नू भन्दै प क्राउ गरेर महाराजगञ्‍जमा राखिएको छ।’

Related Articles

Back to top button
Close