Tuesday, March 2

प्रहरीले होटलमा छापा मार्दा चर्चित नायिका समेत पक्राउ, हेर्नुहोस् प्रहरीले क-कसलाई समात्यो?

January 19, 2021 101

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पछि कलाकारिता क्षेत्रमा लागेका धेरै बेरोजगार भएका छन् । विश्वको सबैभन्दा ठुलो सिने उद्योग मानिएको बलिउडमा पनि धेरै जना बेरोजगार भएर आम्दानीका लागि २ नम्बरी बाटो रोज्न थालेका छन् ।
हालै, महाराष्ट्रको मुम्बई प्रहरीले यस्तै कार्यमा संलग्न कलाकारलाई समातेको छ । मुम्बईको उपनगर गोरेगाउँमा पाँच तारे होटेलमा कोठीको व्यापार भइरहेको पर्दाफास गरेको छ ।

यस घटनामा प्रहरीले एक बलिउड अभिनेत्री सहित तीन युवतीहरुलाई पक्राउ गरेको छ । प्रहरीले आरोपितको बिरूद्ध भारतीय संहिता (आईपीसी) को व्यापार (रोकथाम) कानून अन्तर्गत मुद्दा दर्ता गरेको हो ।

जानकारीका अनुसार क्राइम ब्रान्चको टोलीले शुक्रवार दिउँसो एउटा पाँच तारे होटेलमा छापा लिएको थियो । प्रहरी टोलीका सदस्यहरूलाई ग्राहकका रूपमा होटल पठाइएको थियो, जहाँ उनीहरूले यस्तो कार्यको डीलरहरूलाई भेटेका
बलिउड चर्चित अभिनेत्री र डान्सरहरु पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ तर को हुन् भन्ने नाम खुलाएको छैन । मानवअधिकारको रक्षाका लागि उनीहरुको नाम गोप्य नै राखिने प्रहरीको दावी छ ।

प्रतिकृया दिनुहोस्