एजेन्सी । ऋतिक रोशन र उनकी पत्नी सुजैनको सम्बन्ध विच्छेद भएको धेरै वर्ष भइसकेको छ । सुजैनसंगको सम्बन्ध विग्रिए पछि ऋतिक नायीका कंगना रनावत प्रति पनि आकर्षीत भएका थिए । तर उनीहरुको प्रेम लामो समय टिकेन । अहिले ऋतिक र कंगनाबीच विवाद कायमै छ । सन् २०१६ देखि सुरु भएको उनीहरुबीचको विवादको फैसला अझै भएको छैन ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
ऋतिकले जनवरी २० मा आफ्नो जन्मदिन मनाएका छन् । यो मौकामा चारैतिरबाट उनलाई जन्मदिनका शुभकामना दिइएको छ । ऋतिकको जन्मदिन थप विशेष बनाउनका लागि उनकी पूर्व श्रीमती सुजैन खानले पनि विशेष तस्बिर र भिडियो सेयर गरेकी छिन् । यसमा उनको आफ्ना दुई छोरासँग निकै विशेष सम्बन्ध रहेको देख्न सकिन्छ ।
यी तस्बिरमा ऋतिक रोशन आफ्ना छोरा ऋदान रोशन र रेहान रोशनसँग समुद्रको किनारामा साइक्लिङ गरिरहेको देखिएका छन् । सुजैनले यी तस्बिरलाई भिडियोको रुपमा सेयर गरेकी छिन् । तस्बिर देखेर अन्दाज लगाउन सकिन्छ कि उनको यी भेकेशनको तस्बिर हुन् ।
सुजैनले ऋतिकको जन्मदिनको शुभकामना दिँदै लेखिन्, ‘ह्यापियस्ट बर्थडे च्थभ‘ तिम्रो जीवनमा आउने भोलिका दिन सबैभन्दा सुन्दर होस् भन्ने कामना गर्छु‘ सन् २०२१ को सार्थक शुभकामना ।’
सम्बन्ध विच्छेद पछि पनि उनीहरुबीचको सम्बन्धमा सुमधुर अवस्था देख्न सकिन्छ । लकडाउनको समयमा छोराहरुसंग समय विताउन भन्दै सुजैन ऋतिककै घरमा आएर बसेकी थिइन् । सुजैनको यस्तो निर्णयको ऋतिकले पनि प्रशंसा गरेका थिए ।
प्रतिकृया दिनुहोस्