Video

‘पारसको पैसा चोरे’को भन्नेलाई सोनिकाले दिइन् कडा जवाफ (भिडियो हेर्नुस्)

काठमाडौं । पूर्व युवराज पारस शाहसंग नजिकको सम्बन्ध रहेकी युट्युवर तथा मोडल सोनिका रोकायका बारेमा अहिले सामाजिक सञ्जालमा अचम्मको कुरा चर्चामा आएको छ । एउटा अनलाईन मिडियाले लेखेको सो समाचारलाई माध्यम बनाएर थुप्रै सामग्री बनाइएको छ । सामाजिक सञ्जालमा उछितो काडिरहँदा सोनिका भने विपन्नलाई सहयोग गर्न गाउँ गाउँ पुगेकी छन् । उनलाई पूर्वयुवराज पारस शाहसंग जोडेर विभिन्न समाचार बनाइएका छन् ।

हुन त उनीहरुको सम्बन्धलाई मिडियामा चर्चा भइरहन्छ । उनीहरुलाई गसिपको माध्यम बनाइन्छ । तर यस्ता गसिपवाट उनीहरुले प्रवाह भने गरेको देखिदैन । तर अहिले भने फरक कुरा बाहिर आएपछि पारस र सोनिका दुवैले यसको प्रतिकृया दिएका छन् । सोनिकालार्य पटक पटक गरेर पारसको एटिएम प्रयोग गरेर ठूलो रुपैया झिकेको दावी सहित समाचार बाहिरिएको छ । त्यस्तै पूर्व युवराज पारसलाई पोखरामा हार्ट अट्याक आएको भनेर समाचार बाहिरिएको थियो । त्यो कुरा अहिले भने झुटो सावित भइसकेको छ । प

सोनिका अहिले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न पश्चिम नेपालका पहाडी जिल्लामा छन् । उनले दैनिक ज्याला गरेर खानेहरुलाई सहयोग गरिरहेकी छन् । उता पूर्व युवराज पारस पोखरामा विगत केही दिन देखि पार्टी गरिरहेका छन् । उनले पोखरामा हुँदा सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटसका कारण पनि फेरी एक पटक पारस र सोनिकाको विषय चर्चामा आएको हो । उनीहरु दुई जना निकै नजिक थिए । कसैले उनीहरु प्रेममा रहेको, त कसैले लिभिगं टुगेदरमा पनि रहेको दावी गरेका थिए । तर पारसले व्रे क अप फाइनली भन्दै स्टाटस लेखेपछि सोनिकासंग उनको सम्बन्ध सकिएको भनेर आँकलन गरे ।

फेरी उनीहरु अधिकाँश कृयाकलापमा संगै देखिन्थे । सोनिकाले पूर्वयुवराज पारसको हरेक गतिविधिको भिडियो बनाएर सिलसिलेवार पोष्ट गर्ने गरेकी थिइन् । तर पोखरावाट भने सोनिकाको भिडियो सार्वजनिक भएको देखिदैन । उनको भिडियो पश्चिम नेपालका जिल्लावाट आइरहेको छ । यहि बिचमा सोनिकाले पारसको ठूलो रकम चोरेको भनेर एउटा अनलाईनले समाचार बनाइदिएपछि त्यसैलाई आधार बनाएर मलजल गर्दै अन्य भिडियो सामग्री र समाचार बने । त्यसले त्यसको जवाफ दिँदै पारसले सबै कुरा गलत भएको बताए । पारसलाई गम्भिर विरामी भएको पनि दावी गरिएको थियो ।

त्यो दावी पनि झुटो सावित भइसकेको छ । राहतका लागि गाउँ पुगेकी सोनिकाले आफ्ना बारेमा यस्ता अनर्गल प्रचार गर्नेहरुलाई चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमा विवेक नभएकाहरुले महिलाको इज्जत नगरेको र गलत वाटो अपनाएको बताएकी छन् । उनले त्यसरी गलत तरिकाले महिलाको इज्जत उडाउनेहरु एक दिन न एक दिन पत्ता लाग्ने पनि बताएकी छन् ।

Related Articles

Back to top button
Close