Intresting

युवतीहरुमा देखिने एक प्रकारको ‘अनौठो’ रो’ग

मोटाइएला कि भनी डराउने, डाइटिङ गर्ने र दुब्लाउने अनौठो रो’ग विशेष गरी युवतीहरुमा देखिने गर्छ। यो पत्याउनै नसकिने खालको रो’ग हो। खासगरी, १३ देखि २० वर्षका युवतीमा यो रो’ग बढी पाइन्छ। यस्ता युवती मोटाइएला भनेर डाइटिङ गर्छन्, मोटो बनिन्छ कि भन्ने ठूलो त्रा]स लिएर बस्छन्।

उनीहरुको विस्तारै विस्तारै तौल घट्दै जान्छ, शरीर दुब्लो पातलो देखिन थाल्छ। बि’रामी दुब्लो हुन्छ, बारम्बार ऐना हेर्ने गर्छ र आफू दुब्लो पातलो भए पनि शरीर मोटो भएको अनुभव गर्छ। बिरामीले अझै खाना कम खाने, खाएको पनि बान्ता गरेर बाहिर निकाल्ने गर्छ। बि’रामीमा कूपोषणका लक्षणहरु देखिन थाल्छन्।

पातलो शरीर, शरीरमा पानीको भाग कमी तथा अन्य भिटामिन, प्रोटिन लवण आदि तत्वको कमी हुन थाल्छ। बेलैमा होस नपुर्याउने हो भने बि’रामीको मृ’त्यु पनि हुन सक्छ। यो रोगले म’हिनावारी गडवडी हुने समस्या पनि निम्त्याउँछ। तर, यो रो’ग लागेको हो भनेर पत्ता लगाउन भने गाह्रो छ। केही बिरामी खानेकुरा अनियन्त्रित तरिकाले खाने खालका पनि हुन्छन्।

खाना खाइसकेपछि चाहिँ धेरै नै खाएँ भनेर चिन्ता लिन्छन्। अनि औँला मुखमा हालेर भए पनि बान्ता गर्नतिर लाग्छन्। यस्ता लक्षण बढी देखिएमा त्यसलाई ‘बुल्लेमिया नेभ्रोसा’ भनिन्छ। जसमा अत्याधिक भोक लाग्ने, अत्याधिक खाना खान मन लाग्ने, लुकीलुकी भए पनि खाने स्वभावसँगै एकै छिनमा धेरै खाएछु भन्ने ग्लानि हुन्छ।

Related Articles

Back to top button
Close