News

‘म गरिब हुँ’ भन्ने फारम भरेपछि कोभिडको उपचार निःशुल्क

सरकारले गत कार्तिक २ गतेदेखि लागू हुने गरी कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय ग-यो। सरकारको निर्णयसँगै अस्पतालहरुले धमाधम शुल्क असुल्न थालका छन्। सरकारले तोकेको कोभिड अस्पतालहरुले दैनिक ३ हजार ५ सय देखि १५ हजार रुपैयाँसम्म शुल्क लिन पाउनेछन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ज्येष्ठ नागरिक, असहाय, एकल महिला र अपांगता भएका व्यक्तिबाहेक कोही व्यक्तिले ‘म गरिब हो, उपचार गराउन सक्दिनँ’ भनेर फारम भरेपछि निःशुल्क उपचार गरिने जानकारी दिए।
सरकारले लक्षण भएका र नभएका कोरोना संक्रमितहरुको उपचारका लागि छुट्टा–छुट्टै रकम तोकेको छ। यो रकम स्वास्थ्य मन्त्रालयसँग स्वीकृति लिएर उपचार गराइरहेका सबै अस्पतालहरुले लागू गर्नुपर्नेछ। तर, रकम अस्पतालअनुसार फरक छ।
कोरोना संक्रमितहरुको मात्र उपचार गरिरहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पातले भने लक्षण भएका संक्रमितहरुको निःशुल्कै उपचार गर्ने र लक्षण नभएका संक्रमितसँगमात्र शुल्क लिने जनाएको छ

Related Articles

Back to top button
Close