News

साँखुमा टेम्पो पल्टियो, एकको गयो ज्यान चार घाइते

काठमाडौं-साँखुमा टेम्पो पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । मृत्यु हुनेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटी रहेका छन् ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडमा सडकबाट तल खसेर टेम्पो दुर्घटना भएको हो। टेम्पो सडकबाट झण्डै २५ मिटर तल पुगेको छ।

घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरु सबैको खुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button
Close